Saturday, March 4, 2017

संविधान संशोधनपछि चुनाव हुन्छ – अध्यक्ष ठाकुर

काठमाडौँ, २१ फागुन । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन प्रस्ताव पारित गरेर चुनाव गर्नुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तक्र्रियामा अध्यक्ष ठाकुरले संविधान जारी गरेजस्तै बल प्रयोग गरेर चुनाव गर्न खोजिए देशको अवस्था भयावह हुनेमा चिन्ता व्यक्त गर्नुभयो ।

सरकारले स्थानीय तहको निर्वाचनको मिति हतारमा घोषणा गरेर गम्भीर गल्ती गरेको बताउँदै उहाँले भन्नुभयो, “संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्छ, त्यसको विकल्प छैन, हामीले उठाएका माग मधेसका मात्रै होइनन्, यी त देशकै माग हुन्, त्यसैले पहिला संविधान संशोधन गरेर समस्याको समाधान गर्नुपर्छ, अनि मात्रै चुनावको कुरा आउँछ ।”

नेता ठाकुरले सरकारले हतारमा चुनावको मिति घोषणा गरेकाले अहिले संविधान संशोधन र निर्वाचन दुवै धरापमा परेको बताउँदै मुलुकको प्रत्येक परिवर्तनको केन्द्रबिन्दु मधेस रहेको भए पनि शासनको केन्द्रबिन्दु काठमाडौँ रहँदै आएको बताउनुभयो ।

उहाँले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गलत समयमा मेची–महाकाली अभियान सञ्चालन गरेकाले यसले मधेसमा द्वन्द्व बढ्ने खतरा रहेको औँल्याउँदै मधेस अशान्त अवस्थामा रहेकाले जनतामा आक्रोश भई ठाउँठाउँमा जनतामा गलत सन्देश प्रवाह भएकाले यसले सामाजिक सद्भाव बिगार्छ भन्नुभयो ।

अध्यक्ष ठाकुरले मधेसी जनताले परिवर्तन र अधिकारको माग गर्दा मधेस अलग्गै बनाउन खोजियो भनेर भ्रमात्मक प्रचार गरिएको बताउँदै उहाँले भन्नुभयो, “मधेसलाई अधिकार दिँदा अलग्गै हुन्छ भन्ने भ्रम फैलाइएको छ, त्यो गलत सोच हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...