Thursday, March 30, 2017

म्यादी प्रहरीमा आवेदन दिनेको सङ्ख्या पाँच हजार

काँकडभिट्टा (झापा), १७ चैत । जिल्ला प्रहरी कार्यालय, झापामा म्यादी प्रहरीमा भर्ना हुन पाँच हजार २०१ जनाले आवेदन भरेका छन् ।

सरकारले आगामी वैशाख ३१ गते गर्न लागेको स्थानीय तहको निर्वाचनमा सुरक्षाका लागि खोलिएको म्यादी प्रहरीमा भर्ना हुन बुधबारसम्ममा पाँच हजार २०१ जनाले भर्ना आवेदन दिएका हुन् ।

जिल्लामा तोकिएको २८३ वटा मतदान केन्द्रमा करिब एक हजार म्यादी प्रहरीको आवश्यकता रहे पनि आवेदन दिनेको सङ्ख्या आज बेलुकासम्ममा सात हजार पुग्ने जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी उपरीक्षक (एसपी) शैलेन्द्र थापाले बताउनुभयो । उहाँका अनुसार आवेदन दिने आज अन्तिम दिन हो । शनिबारदेखि छनोट परीक्षा सुरु हुनेछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...