Monday, March 6, 2017

जनसम्पर्क समिति अमेरिकाको साधारण सभा सम्पन्न गर्न अन्र्तक्रिया

 

भर्जिनिया, अप्रिल ६ जनसम्पर्क समिति भर्जिनिया च्याप्टरले आईतवार आसन्न वार्षिक साधारण सभाको तयारी तथा विविध विषयमा केन्द्रीय समितिका पदाधिकारीहरुसँग अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दे जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले साधारण सभा भनेको संगठनको विगतको कामको समीक्षा र आगामी दिनको कार्ययोजनाको तर्जुमा गर्ने थलो भएकाले तोकिएको समयमा साधारण सभा गर्नको लागि सवै प्रकारको तयारी भएको जानकारी दिए । विष्टले भने हामी जनसम्पर्क समिति मार्फत नेपालको आर्थिक सामाजिक विकासमा कसरी योगदान गर्ने र यो अमेरिकी भूमिमा प्रवासीहरुलाई कसरी सहजी करण गर्ने भन्ने विषयमा यो साधारण सभामा छलफल गर्नेछौं । विष्टले अगाडि थपे हामीहरुले दोश्रो पुस्ताका लाई यसमा कसरी आकर्षित गर्ने भनेर स्पष्ट खाका नकोर्ने हो भने अर्को पुस्ताले यसलाई निरन्तरता दिने सन्दर्भमा चुनौती रहेको त्यसको लागि अहिले नै छलफल गर्न आवश्यक रहेको वताए ।
समितिका उपसभापति तथा साधारण सभा आयोजक मूल समारोह समितिका संयोजक केशव वरालले तयारीको विविध पाटोको वारेमा जानकारी दिदै हलको व्यवस्थापन र समितिको तर्फवाट भईरहेका प्रयासका वारेमा जानकारी दिएका थिए । उनले दिएको जानकारी अनुसार अप्रिल २१ ग्ते शुक्रवार साधारण सभामा भाग लिन आउनेहरु कार्यक्रम स्थलमा आईपुग्नेछन् । शनिवारको दिन उदघाटन सत्र हुने र आईतवार कार्यक्रम समापन गर्ने गरी कार्ययोजना वनाइएको जानकारी दिए । वरालले वन्दसत्र देखि सांस्कृतिक कार्यक्रम समेतको खाका प्रस्तुत गरेका थिए । कार्यक्रमको उदघाटनका लागि नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा अमेरिका आउने कार्यक्रम तय भएको जानकारी दिइएको थियो ।
महासचिव मुनेन्द्र नेम्वाङ्गले अमेरिकामा रहेको जनसम्पर्क समित सिङ्गो रुपमा एक भएको अवस्थामा कार्यसमितिले भन्दा अरुले साधारण सभा माग्नु पर्ने हो भन्दै यो साधारण सभाले संगठनको ढाँचा देखि च्याप्टरहरुको सञ्चालनको लागि समेत एकत्रित ढंगको मार्गनिर्देशनहरु तयार पार्ने जानकारी दिए । हिजोको दिनमा केही विवादहरु भए होला तर अव अनावश्यक रुपमा समय खर्च गरेर विवादमा रुमल्लिरहनु आवश्यक छैंन भन्दै नेम्वाङ्गले साधारण सभा नै उपयुक्त प्लेटफर्म भएकोले सवैलाई सहभागी हुन अनुरोध पनि गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दे संगठनविभागका प्रमुख वेद खरेल साधारण सभाले जनसम्पर्क समिति अमेरिकाको डेढ दशक लामो ईतिहासमा एक अध्याय थप्ने र यसले धेरै कुराहरुको सन्देश दिने जानकारी दिए । खरेलले भने साधारण सभा भनेको कुनै पनि संस्थाको लाईफलाईन हो , कार्यसमितिले गर्न नसक्ने अधिकतम काम कारवाही साधारण सभाले गर्ने र संगठनका विविध पक्षका वारेमा जानकारी दिने थदलो समेत भएकाले यसलाई संगठनको महत्वपूर्ण हिस्साको रुपमा ग्रहण गरिन्छ । खरेलले यस पटकको साधारण सभाले विधान संशोधन समितिले पेश गर्ने संशोधन देखि लिएर नेपाली कांग्रेससँगको सम्वन्ध र यहाँको कानूनसँग समाञ्जस्य गर्ने गरी जनसम्पर्क समितिलाई अगाडि वढाउन मद्दत मिल्ने वताए ।
कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्यहरु गोपाल विश्वकर्मा,गौतम दाहाल ,सल्लाहकार उमा कार्की, च्याप्टर सभापतिहरु मेरिल्याण्डका राज सेन्चुरी, भर्जिनियाका रामशरण हुमागाई,लङ्ग आईल्याण्डका विश्व वाँस्तोला लगायतले साधारण सभा सफलताको लागि आफूहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा डा. रमेश पन्तले नेपालको सवैभन्दा राम्रो जनशक्ति उत्पादन गर्ने थलोमा नेविसंघको पराजय भएको छ , हामीहरुले त्यता तिर चिन्ता गरेर त्यसलाई कसरी प्रजातान्त्रिक शक्तिहरुको मजवुत आधारशीला वनाउने भन्ने तर्फ यहाँवाट समेत सोच्न आवश्यक भएको वताए । पन्तले जनसम्पर्क समिति मजवुत भएको खण्डमा अरु सवै संस्थाहरु छायाँमा पर्ने भन्दै यसलाई मजवुत वनाउन सवै लाग्नु पर्नेमा जोड दिए ।
मुक्ति पन्त, एनआरएन अमेरिकाको अध्यक्ष पदमा उमेदवारी दिएकी रविना थापा, डा. देशराज संयोक लगायतले नेपालको आर्थिक विकासको विषयमा एउटा थिङ्ग टयाङ्ग समूह वनाउने, जनसम्पर्क समितिसँग भएको स्रोतहरुलाई नेपालको लागि उपयोगी वनाउने एउटा सेतुको काम गर्न अनुरोध गरे ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...