Sunday, March 19, 2017

लण्डन दूतावासमा नेपाली साहित्यिक कार्यक्रम भव्यरुपमा सम्पन्न

लण्डन, चैत्र ६, २०७३ । नेपाल र बेलायतको दौत्य सम्बन्ध स्थापना भएको द्विशतवाषर््िाकी अवसरमा लण्डनस्थित नेपाली दूतावासले आयोजना गरिएको साताव्यापी कार्यक्रमको चौथौ दिन साहित्यिक गोष्ठि सम्पन्न गरिएको हो ।

साहित्यिक कार्यक्रमका प्रखुम अतिथि व्यवस्थापिका संसदका माननीय सदस्य जितेन्द्र नारायण देवले सभापतित्व गरिएको सत्रमा वेलायती राजदूत डा दुर्गाबहादुर सुवेदीले स्वागत मन्तव्य दिएका थिए । उक्त कार्यक्रमका विशिष्ट अतिथि पूर्व उपप्रधानमंन्त्री तथा पराराष्ट्रमंन्त्री नारायणकाजि श्रेष्ठलाई पुष्पगुच्छा दिदै डा सुवेदीले स्वागत गरेका थिए ।
नेपाली साहित्यको गोरेटोमा १०४ वर्षको इतिहास बोकिसकेको साझा प्रकाशनले डा दुबसु क्षेत्रीले सम्पादन गरेका ‘बेलायतमा नेपाली कवि र कविता’ पुस्तकलाई साहित्यिक कार्यक्रमका प्रमुख अतिथि व्यवस्थापिक संसदका माननीय सदस्य जितेन्द्र नारायण देवले लोकार्पण गरेका थिए ।

द्विशतवार्षिकी समारोह अन्तर्गत लन्डन दूतावासमा शुक्रबारदेखि साझा प्रकाशनबाट प्रकाशित कृतिहरुको प्रदर्शनी शुरु भएको छ । तीन दिनसम्म चल्ने उक्त प्रदर्शनीमा दुई सय शीर्षकका नयाँ पुराना पुस्तकसमावेश रहेको अध्यक्ष तथा महाप्रवन्धक डोलिन्द्रप्रसाद शर्माले जानकारी दिए । बेलायत नेपाल ’सम्वन्ध गांसिएको दुई सय वर्ष पुगेकाले दुई सय शीर्षककै पुस्तक नेपालबाट ल्याइएको हो ।

प्रदर्शनीमा राखिएका ‘जंगबहादुरको बेलायत यात्रा, बीपी, लक्ष्मीप्रसाद देवकोटा, पारिजातको फुल जस्ता पुस्तक धेरै विक्रिभईरहेको माहोलमा पत्रकार मेवाहाङ्गले ‘जंगबहादुरको बेलायत यात्रा’ नामक उपन्यास सामाजिक संन्जालमा चर्चित बनिरहेकी सुष्मा रुपाबुङ्गराईलाई मायाको चिनो स्वरुप उपहार दिएका थिए ।

राजदूत डा सुवेदीले हिमालको सुन्दर शान्त र सितल काखमा रहेको नेपाल विशेष सुन्दरताको अभिव्यक्ति राखेका थिए । ‘नेपाली भाषा साहित्य, शिक्षा, कला संस्कृतिक हाम्रो पहिचान हो ।’ सुवेदी भने, ‘विदेशमा नयां पुस्ताले नेपाली भाषा साहित्य भुलिरहेको अवस्थामा साझाले त्यसलाई ख्याल गर्दै बेलायतका नेपालीलाई सामूहिक मालामा गांस्ने प्रयास गरेको छ, साहित्यिक मनलाई एकीकृतगर्ने काम गरेको छ ।’
करिब पाँच दर्जन कविहरु लगायत वेलायती नागरीक माइकल हटले नेपाली भाषामा आफ्ना कविता वाचन गरेका थिए । उक्त कार्यक्रममा बासु शर्माले वेलायतमा रहेका साहित्यकारहरुको भविष्य र वर्तमानको बारेमा कार्यप्रत्र प्रस्तुत गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...