Monday, March 20, 2017

जातिय विभेद विरुद्ध परामर्सिया कार्यक्रम सम्पन्न

 

जातिय बिरुद्ध बिस्व मंचको आयोजनामा अमेरिका कोलोराडोमा लोकतन्त्र आत्मसमन तथा सामाजिक न्यायको लागि दलित अधिकार बिसयक परमर्सिया कार्यक्रम सम्पन्न भएको हुदा ५२ औ अन्तरास्ट्रिय जाति भेद उन्मुलन दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमको प्रमुख अथिति महामहिम स्कट देलिशी नेपालक लागि अमेरिकाका पूर्व राजदुतले दलित समुदायको नेपाल सरकारले गरेको गतिबिधि उल्लेख गर्दै यसको पूर्ण उन्मुलनको लागि राजनीतिक पार्टी, नागरिक समाज लगायत राज्यको उतिकै भूमिका रहनछ | प्रबाशमा रहेका नेपाली समाजले उतिकै रुपमा महत्वपूर्ण भूमिका खेल्न सक्छन| बिशेस अतिथिको रुपमा उपस्थित डा. मान बहादुर बिश्वकर्मा (सहसचिब)

 

 

 

नेपाल सरकारले यो समस्या सबै को समस्य हो भन्नु भयो डा. रमेश बिश्वकर्माले नेपालमा दलित समुदायले भोगिरहेको विभेदबारे स्पस्ट पर्नु भयो| अन्तरास्ट्रिय साहित्य समाजका अध्यक्छा पदम विश्वकर्माले नेपाली समुदाय जहाँ पुग्यो यो विभेद सस्कार पनि त्यही पुगेको कुरा स्पस्ट पार्नु भयो| कार्यकर्म अरोरा सिटी कार्यालयका प्रतिनिधि एमनिया रिमेरा, रक्की माउन्टेन फेन्स अफ नेपालक सहसचिब बिनोद त्रिपाठी, अन्तरास्ट्रिय साहित्य समाज कोलोराडोका कृष्ण मुरली ढुंगेल, ग्लोबल भुटानी समाजक सोम बराल, सखुवासभा समाजका महासचिब हरि श्रेष्ठ प्रबाशी नेपाली मंचका जगत श्रेष्ठ, तमु धी कोलोराडोका चन्द्रमान गुरुङ, साहित्यकार ज्ञ्नेद्र गदाल र नायक नबराज श्रेष्ठ आधि बक्ताहरुले जातीय विभेद अन्त्यको लागि खेल्नु पर्ने भूमिकाबारे मन्तब्य राख्नु भयो| त्यसै गरि कार्यक्रममा महामहिम डा. अर्जुन कार्की ले विडेओ मार्फत सुभकामना दिनु भयो|

 

कार्यक्रमको दोस्रो सेसनमा डा. दोर्ण रसाइली र डा. मान बहादुर बिश्वकर्माले जातीय बेभेदको लागि प्रबासी नेपाली भूमिका बारे आफ्नो भनाइ प्रस्तुत गर्नु भयो उक्त भनाइ माथि सहभागी बीच अन्तरक्रिया सम्पन्न भयो| उक्त दुवै कार्यकर्मको अधय्क्छाता ग्लोबल फ्होरमका अध्य्क्छ तिर्थ विश्वकर्माले गर्नु भएको भने संचालन अमृत बिश्वकर्मा र सुवागत अर्जुन बगालेले गर्नु भएको थियो

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...