मिति: मार्च १४, २०१७
श्री आनन्द विष्टज्यू,
सभापति
नेपाली जनसम्पर्क समिति,अमेरिका
केन्द्रीय समिति |
सभापतिज्यू,
जय नेपाल |
उपरोक्त सम्बन्धमा केन्द्रीय समितिले मलाई प्रमूख तोकी कानुन विभाग गठन गरी जिम्मेवारी प्रदान गरेकोमा सभापतिज्यूमार्फत सिंगो केन्द्रीय समितिप्रति आभार व्यक्त गर्दछु | कानुन विभागले समितिका कानुनी अड्चन,विधान संशोधनलगायतका विषयहरुमा केन्द्रीत रही काम सुरु गरिसकेको समेत जानकारी गराउँदछु | यस क्रममा समितिको विधानमा देखिएका कमी,कमजोरी र सुधार गर्नुपर्ने बुँदाहरुलाई समेटी विधान संशोधन प्रस्ताव तयार गर्ने कार्य आरम्भ गरिएको छ |
संगठनले प्रदान गरेको जिम्मेवारीलाई इमान्दार भई पुरा गर्ने प्रतिवद्धतासहित अप्रिल २२,२०१७ का मितिमा भर्जिनियामा सम्पन्न हुन लागेको समितिको वार्षिक साधारण सभामा पेश गर्ने गरी यस कानुन विभागले विधानको संसोधन मस्यौदा तयार गर्ने काम अघि बढाएको हो |
अमेरिकाको कानुन,मातृपार्टी नेपाली कांग्रेससंगको सम्बन्ध र आवद्धता,हालै समितिले प्राप्त गरेको अमेरिकी कानुन अनुसारको कर छुटसहितको ५०१ (सी) को मान्यता,मातृपार्टीले स्वीकृत गरी हाल कार्यान्वयनमा रहेको विधानका प्रावधान सबैलाई अध्ययन गरी समितिले मस्यौदा प्रस्ताव केन्द्रीय समिति समक्ष पेश गर्नेछ र केन्द्रीय समितिको अनुमोदनपछि सोही मस्यौदालाई साधारण सभामा स्वीकृतीका लागि औपचारिक रुपमा लगिनेछ |
कानुन विभागलाई तपसिल बमोजिम पूर्णता दिई विधान संशोधनको काम अघि बढाईएको सभापतिज्यूमार्फत केन्द्रीय समितिलाई जानकारी गराउन चाहन्छु | साथै विभागलाई आवश्यक सल्लाह प्रदान गर्नका लागि समितिका पूर्व संयोजक एवं कानुन व्यवसायी श्री खगेन्द्र जीसीज्यूलाई विभागको समेत सल्लाहकारका रुपमा नियुक्त गरिएको छ | विभागमा मनोनित हुनु भएका सबै सदस्य साथीहरुलाई बधाई समेत व्यक्त गर्दछु |
तपसिल :
१. संयोजक: पिताम्बर भुषाल
२. सदस्य : सुभेन्द्र रानाभाट, केन्द्रीय सदस्य,नेजस अमेरिका
३. सदस्य: गौतम दाहाल,केन्द्रीय सदस्य,नेजस अमेरिका
४. सदस्य : विनोद भट्ट,पूर्व केन्द्रीय सदस्य,नेजस अमेरिका
५. सदस्य: देशराज संयोक,पूर्व सभापति,नेजस अमेरिका न्यू मेक्सिको च्याप्टर
भवदीय,
पिताम्वर भुषाल
केन्द्रीय सदस्य
एवं प्रमूख कानुन विभाग
नेपाली जनसम्पर्क समिति,अमेरिका
No comments:
Post a Comment