काठमाडौं, २१ फागुन । काठमाडौंको स्वयम्भूमा प्रहरी र अपहरणकारीबीच गोली हानहान भएको छ । र, एक जना घाइते भएका छन् ।
बौद्धबाट अपहरणमा परेका तीन जनालाई छुटाउने क्रममा शनिबार दिउँसो महानगरीय अपराध महाशाखाको टोली र अपहरणकारीबीच गोली हानहान भएको महाशाखाका प्रमुख एसएसपी दिनेश आमात्यले जानकारी दिए ।
उनका अनुसार अपहरणमा परेकाबाट फिरौती बुझ्नै लाग्दा त्यहाँ प्रहरी पुगेर अपहरणकारीलाई घेरा हालेर समात्ने क्रममा अपहरणकारीले गोली प्रहार गरेपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको हो ।
प्रहरीको गोली लागेर अपहरणकारी दुर्गा तामाङ घाइते भएका छन् । उनलाई नियन्त्रणमा लिएर अस्पताल पुर्याइएको छ
अपहरणकारीले ६ लाख फिरौती मागेका थिए ।
No comments:
Post a Comment