Tuesday, March 7, 2017

१० मार्चमा भनिएको नेपाली मुस्लिम समाज कतारको अधिबेसन ३१ मार्चमा हुने

ध्रुब क्षेत्री दोहा , २४ फाल्गुन २०७३ , बिभिन्न पेसा र ब्यबसाय  गरेर कतार लाइ कर्म भूमि बनाएका इस्लाम धर्म मा आस्थावान नेपाली मुस्लिम समाज ले एक  बिज्ञप्ति निकालेर आफ्नो अधिबेसन १० मार्च मा   गर्ने भनिएको तर केहि आन्तरिक तयारी पुरा नभएकाले केहि दिन पर सारी  आगामी ३१ मार्चका दिन भव्यताका साथ सफल बनाउने जनाएको छ! आयोजक कमिटीका  प्रबक्ता हजरत अलि खान द्वारा निकालिएको बिज्ञप्ति मा भनिएको छ- नेपाल बाट आउने प्रमुख अतिथी र बिशेष अतिथिहरुको समय र आन्तरिक कार्यक्रम साथै अधिबेसन हुने हल ब्यबस्थापन सम्बन्धि केहि समस्याका  कारण १० मार्च मा  भनिएको अधिबेशन केहि दिन पर  सारिएको जानकारी गराउछौl यस्का साथै अधिबेसन  निर्वाचन कमिटिले पनि अधिबेशन सारिएका कारण उम्मेद्बारी दिने मिति र सदस्यता नवीकरण  समयलाइ केहि दिन पर सारी  २४ मार्च सम्म तय गरेको कुरा  निर्वाचन समितिका संयोजक  महम्मद हुसेन खानले जानकारी  गराउनु भएको छ। आयोजक कमिटि ले सम्पूर्णमा पर्न गएको असुबिधा प्रति क्ष्यमा प्राथी हुदै आगामी ३१ मार्चमा हुने भेला लाइ सभ्य र भब्या तरिका मा सफल बनाउन सम्पूर्ण कतार बाशी नेपाली मुस्लिम महानु- भाबहरुमा आग्रह गरेको छ!

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...