Tuesday, March 14, 2017

हिमपातले पर्यटक अलपत्र

मनाङ, १ चैत । गत मङ्गलबार परेको बाक्लो हिमपातका कारण स्वदेशी तथा विदेशी पर्यटक अलपत्र परेका छन् ।

हिमपातका कारण बाटो अवरुद्ध भएपछि पर्यटक आफ्नो गन्तव्यमा पुग्न पाएका छैनन् । अन्नपूर्ण पदमार्गहुँदै यहाँ आइपुगेका पदयात्री यतिखेर हिउँमा लड्दैपड्दै ओहोरदोहोर गरिरहेका छन् ।

बाटोमा हिउँ पन्छाउँदै पर्यटक आफ्नो यात्रालाई निरन्तरता दिइरहेका छन् । हिउँ पर्न रोकिए पनि ठाउँठाउँमा गएको हिमपहिरोका कारण बाटो अवरुद्ध भएको छ । हिउँसँगै ढुङ्गा खस्दा तथा रुखका हाँगा भाँचिएपछि यात्रा गर्न कठिनाइ भएको पर्यटकले बताएका छन् ।

बाक्लो हिमपातपछि ठाउँठाउँमा पहिरो जाँदा पैदलयात्रा जोखिम हुनपुगेको पर्यटकले बताएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...