Tuesday, March 7, 2017

बाना को अध्यक्ष पद कि उम्मेदवार अनसुया श्रेष्ठ वन्तको अपिल

आदरणिय बाना सदस्य मित्रहरु, सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु, म अनसुया श्रेष्ठ वन्तको हार्दिक नमस्कार

म एक कुशल गृहणी, ब्यवसायी र, सबै भन्दा महत्वपूर्ण एक समाजसेवीको रुपमा बिगत २५ बर्ष देखी अमेरिकामा बसोबस गर्दै आएकी छु । मेरो २५ बर्षे बसाई का केही उल्लेखनिय अनुभवहरुमा न्यूयोर्कको म्यान ह्याटन शहरमा पहिलो नेपाली रेस्टुराँ सन्चालन र त्यहाँ नेपाली संस्कृतिको प्रबर्धनका लागि सांस्कृतिक कार्यक्रममा सहभागी हुनु रहेका छन ।

 

न्यूयोर्कमा आउनु हुने नेपाली दाजु भाई तथा दिदी बहिनीहरु, चाहे कुनै सर्वसाधारण होस् या कलाकार मित्र, सबैलाई सहयोग गर्दै नेपाली भाईचारालाई बिदेशमा पनि सुरु गरेकी थिए। अमेरिका बसाइको शुरु वाती बर्षमा संघर्षरत रहँदा रहदै पनि म र मेरो श्रीमान ध्रुब वन्त दत्त चित्त भई नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई आवश्यक साथ सहयोग गर्न पाउनु एक जीवन उपयोगी अनुभव रहेका छन ।

 

म आगामी बाना कार्यसमिती चयनको चुनावमा अध्यक्ष पदका पलागि एक उम्मेद्वार यहाँ सम्पूर्ण बाना सदस्यहरु माझ मेरा आफ्ना सोच र कार्ययोजना जानकारी गराउन चाहन्छु । २००९ देखी आज २०१७ सम्म कार्यसमितिको बिभिन्न भूमिकामा बिगत ३ कार्यकालका मेरा बिभिन्न ३ अध्यक्षहरुसँग काम गर्दाको मेरो अनुभव र परोपकारको उर्जालाई आत्मसाथ गरी निस्पक्ष र सहभागिता मुलक नेतृत्वको लागी मैले मेरो उम्मेद्वारी दर्ता गराएकी हुँ ।

 

बानाको अबको आवश्यकता संस्थागत स्ठायित्व, नेपालीहरु को एकता र बानाका लागि ठोस निति निर्माण हो । राजनैतीक सोचलाई पाखा लगाउदै म आफ्नो उम्मेद्बारी मार्फत बल्टिमोरस्थित सम्पूर्ण नेपालीहरुलाई निर्वाचनमा सहभागि भै नयाँ सोच, अनुभव र मार्गदर्शनलाई निर्वाचित गर्न आव्हान गर्दछु । म मेरो अध्यक्ष्य कार्यकालका लागि निम्न बिषयमा प्रतिबधता पनि जनाउन चाहन्छु ।

 

– महिला तथा बिभिन्न बिधाका व्यक्तित्वहरुलाई बानाका परोपकारी कार्यक्रममा सहभागि गराउने ।
– आवश्यकता अनुसार भाषा कक्षालाई सन्चालन तथा निरन्तरता दिने ।
– बानाको कार्यक्रम र कार्य योजना क्यालेन्डर निर्माण गर्ने।
– नेपाली पहिचान, कला संस्कृती र खेलकुदको प्रबर्धनका लागि थप कार्यक्रम ल्याउने ।
– लेखा पारदर्शिता र आकस्मिक कोष को श्रीजना श्रीजनाका लागि ठोस पहल गर्ने ।
– नेपाली सुचना र सहयोग केन्द्र स्थापना गर्ने ।
– बानाको सदस्य बिस्तार गरी सम्पूर्ण बाल्टिमोर निवासी नेपालीलाई सहभागि बनाउने ।
– नेपाली ब्यवसाय र उपलब्धिका सुचना संकलन तथा प्रकाशन ।
– बानाको पहिचान नेपाली माझ मात्र नभै स्थानिय तथा राज्य स्तर मा पुगिसकेको अवस्था मा यस पहिचान र सम्बन्ध लाई अझ बिस्तार गर्दै जाने ।

 

महिला सहभगितालाइ जोड दिदै सम्पूर्ण सदस्य मित्रहरुलाई सहभागी मूलक नेतृत्वका लागि मैले मेरो उम्मेद्बारी दिएकी छु । बानालाई नितान्त अराजनैतीक संस्थाको रुपमा नेतृत्व गर्ने, यस्लाई कसैको हस्तक्षेप वा प्रभावमा पर्न नदिइ बानाको उदेश्य र कार्यक्रम अनुसार काम गर्न संकल्प लिएर मैले उम्मेद्बारी दिएकी हुँ ।

 

तपाईंहरु आँफै मुल्याङ्कन गर्न सक्नुहुन्छ यसकारण ब्यक्तिगत स्वार्थ भन्दा माथी उठी र कुनै राजनैतिक वा समुह बिशेष आस्था राख्ने प्रवृतिलाई निरुत्साहित गर्दै म समाजसेवा र बानाको संस्थागत बिकासका लागि आफ्नो सम्पूर्ण समय योगदान गर्ने संकल्प गर्दै अध्यक्ष पदमा बिजयी गराउन हार्दिक आग्रह गर्दछु ।

धन्यवाद !

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...