Sunday, March 12, 2017

लस भेगासमा पहिलो पटक नेपाली म्युजिक भिडियो

अमेरिका, लस भेगास ११ मार्च / अमेरिकामा रहेका नेपालीहरूले फाट्टफुट्ट म्युजिक भिडियो निकाल्ने गर्दै आएकामा दुई तीन सय नेपालीहरूको बसोबास रहेको लस भेगासका युवाहरूको पहलमा पहिलो पटक शुटिंग हुँदैछ ।

“हाम्री दाइ कि साली” बोल रहेको गीतको शब्द, सङ्गीत, स्वर र निर्देशन श्याम भट्टराईको रहेको छ । यसमा अनिष सापकोटा, मिस क्यालिफोर्निया नेपाल २०१५ अनुषा कार्की, यम चापागाईं, शरद डुम्रे, रोजिना कोइराला, रश्मिता भण्डारी रहेकाछन् । भिडियोको छायांकन शङ्कर वाग्लेले गर्दैछन भने निर्देशन श्याम
भट्टराईको रहेको छ ।

रात्रि जीवनको लागि ख्यातिप्राप्त मरुभूमि बिचमा रहेको लस भेगासको स्ट्रिप, नजिकै रहेको रेड रक लगायतका स्थानमा छायांकन गरिएको भिडियोको निर्माण युवा अमित लुइँटेलले, गोविन्द सापकोटा र अनिता लुइँटेलको विशेष पहलमा तयार गर्न लागेका हुन् ।

दुई दिन लगाएर शुटिंग गरिएको यस भिडियोको इड़िटिंग पश्चात् केही दिनमा नै युट्युबमा सार्वजनिक गरिने अमित लुइँटेलले जानकारी गराए ।

 

 


तस्विर:शंकर वाग्ले

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...