Friday, March 31, 2017

खाडी छोडी आफ्नै व्यावसायमा व्यस्त “शिब”

 

 

 

 

कतारमा ७ वर्ष सम्म प्रवासी जीवन बिताएका मोडल शिव थापा यतिखेर भने नेपालमा आफ्नै व्यावसायमा व्यस्त भएका छन । कतारको एक थ्रि स्टार होटलको मेनेजरसम्म हुन सफल तनहुँ बसन्तपुरका थापाले यतिखेर काठमान्डौमा फेसन वार्ड सेन्टर नामको व्यावसाय सुरु गरेका छन । कतारमा रहदा विभिन्न सामाजिक संघसस्था तथा साङ्गितिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल शिबले गत २०१५ देखि आफ्नै देशमा केही गर्नु पर्छ भन्दै कतारको रोजगारीलाई बिट मारेको बताए ।
विगतको दिन सम्झदै राजेश थापाको ‘मनको दैलो’ गीति संग्रहमा समावेश ‘बसाइ दिउला सुटुक्कै’ बोलको गीतको म्युजिक भिडियोबाट कतारमा रहदै आएकी चर्चित नायिका सोभिता सिम्खडा संग मोडलिङ्ग क्षेत्रमा पाईला राखेका शिबले मोडलिंग संगसगै आफ्नो व्यावसायलाई पनि अँगालेको बताउछन ।


उनले काठमान्डौको गोंगबुमा फेसन वार्ड सेन्टर नामक होलसेल पसल खोलेको बताउनुका साथै अहिले बढ्दै गएको नेपाली बजारमा विभिन्न फेसनको चर्चा गर्दै उनले उक्त व्यावसाय पनि सुरु गरेको बताउछन । दैनिक ४० देखी ५० हजार सम्मको कारोबार हुदैँ आएको उनको व्यावसायलाई चर्चित मोडल भानु शर्माले पनि साथ दिएका छन । हामीले परदेशमा जति कमाए पनि हामीलाई जीवन भर पुग्दैन तर म नेपालमा आफ्नै परिवारको साथ छु अनि धेरै खुसी पनि छु उनको कथन थियो । विगतको दिनमा खाडीमा जति सजिलो काम भए पनि विरानो देशमा अरुको अधिनमा रही काम गर्नुको दुःख धेरै भएको शिबले बताए।दृढ इच्छा शक्ति भए देशमै पनि केहि गर्न सकिने रहेछ भन्दै सबैलाई स्वदेशमै केही गर्न अनुरोध गर्दछन्।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...