Saturday, March 4, 2017

लोकतन्त्रलाई बलियो बनाउन निर्वाचन आवश्यकः नेता पौंडेल

विराटनगर, २१ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले निर्वाचन चाहेकाले तराई–मधेससहित मुलुकभर निर्वाचन हुने बताउनुभयो ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले लोकतन्त्रलाई बलियो बनाउनका लागि सबै निर्वाचनमा केन्द्रित हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न र लोकतन्त्र र सङ्घीयतालाई बचाउनका लागि स्थानीय तहको निर्वाचन आवश्यक रहेको स्पष्ट पार्नुभयो । नेता पौडेलले मधेसी मोर्चालाई निर्वाचनको प्रतिस्पर्धामा आएर जनताको मतमार्फत आफ्ना मागलाई दरिलो बनाउने अवसरको रुपमा लिनुपर्ने उल्लेख गर्दै सङ्घीय लोकतन्त्रको रक्षाका लागि मोर्चालाई निर्वाचनमा अनिवार्य रुपमा सहभागी हुन आग्रह गर्नुभयो ।

पत्रकारको जिज्ञासामा उहाँले प्रजातन्त्रमा कुनैपनि दललाई निर्वाध रुपले कार्यक्रम गर्न पाउने अधिकार भएकाले कुनै पनि दलको कार्यक्रमलाई बिथोल्ने अधिकार कसैलाई छैन भन्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...