Thursday, March 30, 2017

ओहायोमा भएको सितोरियो करातेमा नेपाली मुलका कराते खेलाडिलाई ३ स्वर्ण र ५ कास्य पदक प्राप्त

अमेरिकाको ओहायो राज्यमा भएको सितोरियो करातेमा प्रतियोगितामा नेपाली मूलका भुटनीज नेपाली खेलाडीहरुले ३ स्वर्ण र ५ कास्य पदक प्राप्त गरेका छन्

युएसए एनकेएफ नेसनल क्वाली फ़ाइङ्ग कराते च्याम् पियन शिप २०१७ मा सितोरियो कराते डो केन्बाकाइ इन्टरनेसनल कोलम्बस ओहायो भर्जिनिया रिचमण्ड का ६ जना बिभिन्न समुहका महिला तथा पुरुष कराते खेलाडीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा ६ जनाले पदक जित्न सफल भएका छन । जस्मा ३ स्वर्ण 3 र ५ कास्य गरी जम्मा 8 वटा पदक प्राप्त गरेका हुन् जस मध्य १३-१५ बर्ष उमेर समुहमा श्यायल जोगी Sले काता तथा कुमिते दुबैमा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन lभने अरुण पौडेलले ले १०-१२ बर्ष उमेर समुहमा कुमिते तर्फ स्वर्ण पदक हासिल गरेका छन ।

यसै गरि बिधान मिश्रा ले १५- १७ बर्ष बर्ष उमेर समुहमा कुमितेमा कास्य पदक, राज कुमार गुरुङले १३-१५ बर्ष उमेर समुहमा काता तथा कुमिते दुबैमा दोश्रो स्थान (कास्य) हासिल गरेका छन ।

यसै अग्री जलान रिमाल ११-१३ बर्ष उमेर समुहमा कुमिते तर्फ कास्य पदक र सेलिना लिम्बुले ११-१३ बर्ष उमेर समुहमा कुमिते तर्फ कास्य पदक हासिल गरेका छन l

प्रतियोगिताका बिजय खेलाडिहरुले आगामी जुलाई १९-१७ ,२०१७ मा सम्म हुने अमेरिकाको राष्ट्रिय कराते प्रतियोगितामा सहभागिता हुन पाउने छन ।

हरेक बर्ष आयोजना गरिने यस् प्रतियोगितमा अमेरिका बिभिन्न राज्यको १५० भन्दा बढी खेलाडीहरुको सहभागीता रहेको थियो l प्रतियोगिता गत मार्च २५ तारिखका दिन वेष्टचेस्टर, ओहायोको रिटर मार्सल आर्ट्स सेन्टरमा आयोजनामा भएको थियो

कार्यक्रम बिहान 9 बजे देखी बेलुकी करीब 5 बजे सम्म शिशन रिटर निर्देशनमा ५० भन्दा बढी अमेरिकि कराते महासंघ(USA NKF), पान अमेरिकन(PKF) र विश्व कराते महासंघ (WKF)को निर्णायक तथा जजहरुको सहभागितामा प्रतियोगिता सम्पन्न भयो । यस प्रतियोगिता मा सितोरियो कराते डो केन्बाकाइ अन्तर राष्ट्रियका प्रमुख प्रशिक्षक शिव कुमार जोगी र प्रशिक्षक श बि माझीले रेफ्री तथा निर्णायकको भूमिका निर्वाह गरेका थिए भने टोलि प्रशिक्षक मा धन रिमाल रहेका थिए l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...