Friday, March 17, 2017

ट्रकको ‘ब्रेक फेल’ भई सवारीसाधनलाई ठक्कर दिँदा मृत्यु

काठमाडौँ, ४ चैत । चन्द्रागिरि नगरपालिका, दूरसञ्चार चोकस्थित मूल सडकमा नागढुङ्गाबाट कलङ्कीतर्फ जाँदै गरेको ट्रकको ‘ब्रेक फेल’ भई अन्य सवारीसाधनलाई ठक्कर दिँदा आज दुई जनाको ज्यान गएको छ ।

ना ३ ख ९७७३ नं को सो ट्रकले अनियन्त्रित भई मिनीट्रक, ट्याक्सी, कार र दुई स्कुटरमा ठक्कर दिँदा मिनीट्रकका चालक झापा अनारमनि बस्ने ३७ वर्षीय डम्बर पोखरेल उपचारका क्रममा वीरअस्पताल ट्रमा सेन्टरमा र बा १ ज ७९६७ नं का ट्याक्सी चालक काभ्रेपलाञ्चोक, पनौतीका ४६ वर्षीय कान्छा बलि लामाको बयोधा अस्पताल बल्खुमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी ट्याक्सीमा सवार कास्की पोखरा बस्ने कृष्णा थापा, उनकी पाँच वर्षीया छोरी केडिना, बालुवाटार बस्ने अञ्जु आले र उनका चार वर्षीय एडिक आले मगर, स्कुटर चालक नुवाकोट, विदुरका रामभक्त पौडेल र स्कुटर चालक थानकोट बस्ने बालकृष्ण ढकालको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक कृष्ण पङ्गेनीले चिकित्सकलाई उद्धृत गर्दै उपचाररत अन्यको अवस्था सामान्य रहेको र दुई जनाको अवस्था गम्भीर भए पनि खतरामुक्त रहेको बताउनुभयो । ट्रकका चालक नवलपरासी, बर्दघाटका मनोज भनिने रहेको र उनी दुर्घटनापछि फरार रहेकाले खोजी जारी रहेको बताइएको छ । सो ट्रक भैरहवाबाट सिमेन्ट बोकेर राजधानी आइरहेको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...