Thursday, March 30, 2017

निर्वाचन अनिवार्य छ : नेता पौडेल

इनरुवा, १७ चैत । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय निकायको निर्वाचन तोकिएकै समयमा हुने बताउनुभएको छ ।

सुनसरी सदरमुकाम इनरुवामा बिहीबार नेता पौडेलले सो कुरा बताउनुभएको हो ।

उहाँले स्थानीय निकायको निर्वाचन नभए प्राप्त भएको उपलब्धिसमेत गुम्ने खतरा भएका कारण स्थानीय निकायको निर्वाचन आवश्यक छ भन्नुभयो ।

वरिष्ठ नेता पौडेलले मधेसी मोर्चासँग वार्ता भइरहेका कारण सबैको सहमति र सहभागितामा वैशाख ३१ गते नै स्थानीय निकायको निर्वाचन हुने दाबी गर्नुभयो । उहाँले निर्वाचन मुलुकको विकास, सङ्घीयता र संविधान कार्यान्वयनका लागि महत्वपूर्ण भएकाले यो अनिवार्य रहेको बताउनुभयो ।

फरक प्रशङ्गमा नेता पौडेलले नेपाली काँग्रेस जनताको पार्टी भएको, देशभरी नै सङ्गठन भएका कारण आफनो पार्टीले सबै क्षेत्रमा जित्ने दाबी गर्नुभयो ।रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...