Tuesday, March 14, 2017

भर्जिनियामा २० बर्ष अगाडी बेपत्ता भएका भर्जिनिया टेक का बिधार्थीको शव डिएनए बाट उनि नै भएको ठहर

अमेरिकाको वेस्ट भर्जिनिया बाट सन् १९९८ मा हराएका एक बिद्यार्थीको शव लामो अनुसन्धान पछि प्रहरीले भर्खरै फेला परेको छ l अनुसन्धान अधिकारीले वेस्ट भर्जिनियाको पुल मुनि फेला पारिएको उक्त शव भर्जिनिया टेक का बिधार्थी कै नै भएको डिएनए जाच बाट ठहर गरेको छ l

वेस्ट भर्जिनियाका स्थानीय पत्रपत्रिकाका अनुसार ,वेस्ट भर्जिनिया राज्यका प्रहरीले डीएनएको अनुसन्धान बाट त्यो लाश रोबर्ट लेरोई कोभाक को नै रहेको बताएका छन् l उनको शव न्युरिभर जर्ज पुल नजिक पाइएको जनाएको छ l

वेस्ट भर्जिनिया को रिभ्स भिलका स्थानीय २४ बर्षिय विद्यार्थी अचानक १९९८ सेप्टेम्बर १८ तारिख हराएका थिए l मोर्गन टाउन मा अमेरिकन फुटवल (भकुण्डो) खेल हेर्न आफैले गाडी चलाएर गएका थिए l केहि दिन पछि उनको गाडी फेला परेको थियो भने पुल नजिक गाडीमा इन्धन खाली अवस्थामा पाईएको थियो l

अधिकारीका अनुसार कुनै कार द्वारा ठक्कर दिए पछि उनि पुल मुनि झरेको हुन् सक्ने संकेत प्रमाण अनुसार भएको बताएका छन् l अमेरिका भरि कै तेश्रो अग्लो उक्त पुलको उचाई ८ सय ७५ फिट रहेको एसोसिएट प्रेसले लेखेको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...