Thursday, March 30, 2017

नेपाली घरम्ँँ नयां कार्य समितीको चयन जुन २५मा हुने

कोलोराडो अमेरीका
मार्च २९, २०१६
कोलोराडोमा सकृय सामाजीक संस्था नेपाली घरको नया कार्यसमितीको चयन आगामी जुन २५ आईतबारका दिन हुने भएको छ ।
संस्थाको हालै सम्पन्न कार्यसमितीको बैठकले बर्तमान कार्यसमितीको पदावधी यही जुन ३१ समाप्त हुने भएकोले आगामी दुई बर्षे कार्यकालको लागी जुन २५मा चुनाव गर्ने निर्णय गरेको हो ।
बैठकले संस्थाको आगामी चुनावमा भाग लिन तथा मताधिकार प्रयोजनका लागी इच्छुक ब्याक्तिहरुलाई आगामी अप्रील ३० भित्र सदस्यता नविकरण तथा नयां सदस्यता लिन सबैलाई आग्रह गर्ने निर्यण गरेको छ । साथै संस्थाको बार्षिक साधारण सभा आगामी मे २८ मा सम्पन्न गर्ने समेत निर्यण गरेको बताईएको छ ।


त्यसैगरी बैठकले आगामी कार्यसमितीको निर्वाचन सम्पन्न गर्न निर्वाचन समितीका सदस्यहरु चयनको लागी ५ सदस्य रहेको छनौट समिती तयार गरेको छ । यसमा अध्यक्ष योगराज गौतम, उपाध्यक्ष द्धय नातीबाबु भट्ट तथा राज ढुङ्गाना, महासचिव लक्षुमण राना र कोषाध्यक्ष्ँ जगदिश ढकाल रहेका छन् । यस समितीले एक हप्ता भित्र उपयूक्त ब्यक्ति पहिचाहन गरि मुल समितीलाई जानाकारी गराउन अधिकार दिईएको जानाईएको छ ।


बैठकको सुरुमा विगत २ बर्षको अवधिमा कोलोराडोमा बसोबास गर्ने नेपालीले गुमाएका एक दर्जन भन्दा बढी अभिभावक तथा आफन्तको आत्माको चिर शान्तिको कामना गर्दै उहाहरुको संझनामा एक मिनेट मौनधारण गरिएको थियो । मौनधारण पछि बैठकले एक शोक प्रस्ताव पास गरि संम्बधित परिवारलाई समवेदना पत्र पठाउने निर्णय भएको संस्थाका महासचिव लक्षुमण रानाले बताएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...