Wednesday, March 22, 2017

सिम्रिकको काठमाडौँ–भरतपुर–काठमाडौँ उडान सुरु

चितवन, ९ चैत । सिम्रिक एयरले आजदेखि काठमाडौँ– भरतपुर–काठमाडौँका लागि उडान सुरु गरेको छ ।
बिहान ९ः५५ मा काठमाडौँबाट भरतपुरका लागि उडेको सिम्रिकको नाइन एन एजिआई विमान बिहान १०ः२० मा भरतपुर विमानस्थलमा अवतरण भएको भरतपुर विमानस्थलका प्रमुख शिव शर्मा उपाध्यायले जानकारी दिनुभयो । सिम्रिकसँगै काठमाडौँ–भरतपुर–काठमाडौँ उडान भर्ने एयरलाइन्सको सङ्ख्या तीन पुगेको छ ।

सिम्रिकको १८ सिटको सो जहाजले १५ जना यात्रु ल्याएको थियो भने फर्कँदा आठ जना लिएर गएको छ । सिम्रिकका भरतपुर स्टेसन प्रमुख कुलराज शर्मा पौडेलले आजदेखि काठमाडौँ–भरतपुर–काठमाडौँ नियमित उडान गरिने बताउनुभयो । अन्य जहाजकै भाडादरमा एकतर्फी रु तीन हजार ५०० मा सिम्रिकले पनि उडान सुरु गरेको हो । भरतपुरबाट काठमाडौँका लागि दैनिक बुद्ध एयरले छ र यती एयरलाइन्सले तीन उडान गर्दै आएका छन् ।

नारायणगढ–मुग्लिन सडक खण्डमा मर्मतका कारण दिउँसो लामो समय बन्द हुने र सवारी जाम हुने भएपछि अधिकांश यात्रुले हवाई मार्ग प्रयोग गर्दै आएका छन् । विमानस्थलका प्रमुख उपाध्यायका अनुसार गत माघ १९–फागुन १७ गतेसम्म सात हजार सात सय ८२ जना हवाई मार्ग प्रयोग गरी काठमाडौँ गएका छन् । अघिल्लो वर्ष सोही समयमा तीन हजार सात सय ३४ जनाले मात्र हवाई मार्ग प्रयोग गरेका थिए । सिम्रिकले यात्रुको चाप निकै बढेपछि आफ्नो उडान भरतपुरमा सुरु गरेको हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...