भैरहवा, २९ फागुन । नेकपा एमाले देश बचाउन र देश बनाउन दृढ संकल्पित भएको एमाले अध्यक्ष केपी ओलीले बताएका छन् ।
मेची–महाकाली राष्ट्रिय अभियानलाई आइतबार भैरहवामा सम्बोधन गर्दै ओलीले एमालेले देश विगार्ने गरी गरिने संविधान संशोधन स्वीकार नगर्ने बताए ।
‘बुहारी र ज्वाई भित्राएर स्वाभीमानी नेपालीहरूलाई अपमान गर्न खोज्ने मधेसीदल नेपालीका प्रतिनिधी हुनै सक्दैनन’, उनले भने, ‘संविधान बनाउने बेला सदनभित्र र बाहिर गरेर खुरुखुरु भत्ता बुझ्ने, समितिको सभापति बनेर सुविधा लिने नकचरोको पनि हद हुन्छ ।’
No comments:
Post a Comment