Tuesday, March 28, 2017

बंगलादेशबिरुद्ध नेपालको कमजोर सुरुवात, तेस्रो विकेट झर्‍यो

१५ चैत, काठमाडौं । एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट अन्तर्गत अफ्नो दोस्रो खेलमा बंगलादेशले दिएको २५८ रनको लक्ष्य पछ्याएको नेपालले सात ओभरभित्र तीन विकेट गुमाएरको छ ।

 

दोस्रो ओभरको अन्तिम बलमा बंगाली बलर अइफ उद्धिनको बलमा ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको नेपालले छैटौं ओभरमा सुनील धनला र सातौं ओभरमा आसिफ शेखलाई गुमाएको हो ।

मल्ल शून्यमै आउट भए भने सुनीलले पनि १ रनमात्र बनाउन सके । आसिफले १२ रन बनाए । दुवैलाई सइफ उद्धिनले आउट गरेका हुन् ।

अहिले दिपेन्द्र सिंह ऐरी र दिलिप नाथ क्रिजमा छन् ।

९ ओभरको समाप्तिमा नेपालले ३ विकेट गुमाएर २६ रन जोडेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...