नेपालमा हाल भइरहेको आर्थिक विकास सुक्ष्म तहमा सन्तोषजनक देखिएको तर समग्र (म्याक्रो इकोनोमी)मा नीतिगत असफलताका कारण कमजोर देखिएको अर्थशाश्त्रीहरुले औंल्याएका छन ।
विश्व बैंकमा लामो समयसम्म बरिष्ठ अर्थशाश्त्रीका रुपमा कार्यरत प्रेम संग्रौालाले मार्च ४ तारिक भर्जिंनियाको आर्लिंटनमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा प्रस्तृुत गरेको कार्यपत्रमा टिप्पणी गर्दै अर्थशाश्त्रीहरुले उक्त धारणा राखेका हुन ।
“ विश्वको आर्थिक विकासमा नेपालको वर्तमान अवस्था ”विषयक एक दिवसीय कार्यशालामा प्रस्तोता संग्रौलाले गरिबी निवारणमा नेपालले आफ्नो स्थान चीन पछि दोश्रोमा राखेको तथ्यांक प्रस्तुत गर्नु भएको थियो ।
उहाँले यसको मुख्य कारण बैदेशिक रोजगार र यसबाट प्राप्त विप्रेषण नै भएको पनि उल्लेख गर्नु भएको थियो । उहाँले सन १९८० को तथ्यांकसँग तुलना गर्दै अर्थशाश्त्री संग्रौलाले त्यो बेला गरिबीमा अन्तिमबाट चौथो स्थानमा रहेको नेपाल सन २०१५मा आइपुग्दा २०सांै स्थानमा पुग्नुलाई प्रगति नै मान्नु पर्नै उल्लेख गर्नु भयो । उहाँले आफ्नो प्रस्तुतीमा नेपालको अर्थतन्त्र विप्रेषणमा आधारित भएको उल्लेख गर्दै पुरुषहरु बैदेशिक रोजगारीमा जाँदा नेपालको आन्तरिक रोजगार बजारमा जनशक्तिको अभाव भएको र सामाजिक समस्या पनि निम्तिएको हुँदा देश भित्रै रोजगारको अवसर सिर्जन ागर्न एकदम ढिला भइसकेको कुरामा जोड दिनु भएको थियो
कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्कीले यस किसीमको कार्यत्रमको निरन्तरताका लागि जोड दिनु भएको थियो । त्यस्तै कार्यक्रमका सहभागी नेपाली अर्थशाश्त्रीहरु नानीराम पोख्रेल,डा.श्याम थापा, डा. अनुप पाहाडी,डा. गोपी उप्रेती,कैलाश पोख्रेल,मन थापा,ठाकुर ढकाल,पवन खनाललगायतले विश्व अर्थतन्त्रमा नेपालको वर्तमान अवस्थाका बारेमा आ–आफ्नो धारणा राख्नु भएको थियो । त्यस्तै सहभागीहरु डमरु अधिकारी , प्रकाश नेपाल, विपीन पाठकलगायतले पनि यस प्रकारको कार्यत्रमबाट नेपालमा नीति निर्माणमा सहयोग पुग्ने विचार व्यक्त गर्नु भएको थियो । सहभागीहरुले यस प्रकारको कार्यक्रमले निरन्तरता पाउनु पर्नेमा जोड दिनु भएको थियो ।
यो कार्यक्रम नेपालमा सम्पन्न विश्वका लगानीकर्ताहरुको सम्मेलन र यहाँ जनाइएको प्रतिबद्धताको सन्दर्भसँग मेल खाने गरी सम्पन्न भएको छ । नेपालमा हालै मात्र चीन, भारत,जापाललगायत देशका नीजी लगानी कर्ता र बहुराष्ट्रिय निगमका लगानी कर्ताहरुको सम्मेलनले १४ खर्ब रुपैया बराबरको लगानी गर्न सकिने प्रतिबद्धता जनाएको थियो ।
No comments:
Post a Comment