Sunday, March 26, 2017

ढिस्कोमा पुरिएर तीन घाइते

बझाङ, १३ चैत । नजिकिँदै आएको नयाँ वर्षका लागि घर लिपपोत गर्न माटो लिन गएका स्थानीयवासी तीन महिला माटोको ढिस्कोमा पुरिएर घाइते भएका छन् ।

तीमध्ये खप्तड छान्ना गाउँपालिका–७ बस्ने ४० वर्षीया बुदीदेवी चौहान भने गम्भीर घाइते भएकी छन् । घाइते चौहानको भित्री शरीरमा गम्भीर चोट लागेको छ । उनको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको जिप्रकाले जनाएको छ ।

सोही गाउँपालिका–३ बस्ने राधा रोकाया र सीता रोकाया सामान्य घाइते भएकामा नजिकको स्वास्थ्य चौकीमा उपचार गरी ठीक भएको घाइतेका आफन्तले बताएका छन् । उनीहरु शनिबार दिउँसो घरभन्दा एक घन्टा टाढा रहेको माटी खानमा माटो लिन गएका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...