फागुन २१ – स्पेनिस ला लिगामा रियल मड्रिडको महत्वपूर्ण खेलमा स्ट्राइकर क्रिष्टियानो रोनाल्डो खेल्न नसक्ने भएका छन् । लिग अन्तर्गत रियल मड्रिडले शनिबार बेलुका एइबरसँग खेल्ने छ । यो खेलमा चोटका कारण रोनाल्डो नखेल्ने भएका हुन् । गएको बुधबार राति भएको लास पालमससँगको खेलमा दुई गोल गर्दै ३–३ को बराबरी गराएका रोनाल्डो चोटका कारण एइबरसँगको खेलमा मैदान बाहिर हुने भएका हुन् । रोनाल्डोले शुक्रबार प्रशिक्षण गरेनन् ।
यो खेलमा प्रतिबन्धका कारण ग्यारेथ बेल र अल्भारो मोराटा पनि खेल्न पाउने छैनन् । बार्सिलोना भन्दा एक खेल कम खेलेको रियल मड्रिड दोस्रो स्थानमा छ र उ बार्सिलोना भन्दा एक अंकले पछि छ । एइबरसँगको खेल जितेमा फेरि रियल शीर्ष स्थामा उक्लने छ । बार्सिलोनाको ५७ तथा रियल मड्रिडको ५६ अंक छ ।
No comments:
Post a Comment