Monday, March 27, 2017

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीको नयाँ कार्य समितिले हिजो देखी आफ्नो कार्यभार शुरु

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीको नयाँ कार्य समितिले हिजो देखी आफ्नो कार्यभार शुरु गरेको छ । अध्यक्ष रामप्रसाद खनाल सहित निर्बिरोध र सर्ब सम्मत कार्य समितिका पदाधिकारी एबम सदस्यहरुलाई निर्वाचन समितिका प्रमुख मन कुमारी थापा, डा. अनिल सुवाल र सुजित अर्जेलले सपथ गराउनुको साथै निर्बाचितहरुलाई निर्वाचन समितिका तर्फ बाट प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । यस अघि गत दुई बर्षको आर्थिक प्रतिबेदन पुस्कर पन्त र अनेसास डिसीले गरेका कार्यहरुको प्रतिबेदन अध्यक्ष रामप्रसाद खनालले प्रस्तुत गर्नुभएको थियो । सविना अर्जेल र पूर्व उपाध्यक्ष भूपनारायण घर्तिमगरले संचालन गर्नुभएको कार्यक्रममा निर्वाचन समितिका तर्फबाट प्रमुख थापाले अध्यक्ष खनाललाई निर्वाचन प्रतिबेदन हस्तान्तरण समेत गर्नुभएको उक्त कार्यक्रममा “अनेसास ईतिहास” पुस्तक सार्वजनिक समेत गरिएको थियो ।

 

संस्थाका संस्थापक होमनाथ सुबेदीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सल्लाहकारहरुको घोषणा गर्दै वहाँहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो । भर्जिनियाको मनासस शहरमा सम्पन्न उक्त कार्यक्रममा प्रेम सङ्रौला, दुर्गा रिजाल, सुनिता खत्री, रजनी श्रेष्ठ, निलकण्ठ सुबेदी, चेतन सिटौला, नीता श्रेष्ठ लगायतका कवि कवयित्रीका रचना पाथ गरिएका थिए ।

निर्वाचन समितिका आयुक्त सुजित अर्जेलको स्वागत भासणमा सम्पन्न उक्त कार्यक्रममा अनेसास डिसीका पूर्व अध्यक्ष एबम दुई बर्षका लागि पुन सर्ब सम्मत अध्यक्ष खनालले नेपाली भाषा, साहित्य, गीत संगीत, कला र सँस्कृतिका केही गर्ने हाम्रो अठोटमा यहाँ हरु सबैको साथ र सहयोग जारी रहनेनै छ भन्ने कुरामा हामी पूर्ण बिस्वस्त छौं भन्दै सबैलाई धन्यवाद ज्ञापन गर्दै संस्थाका तर्फ बाट साहित्यकार सीता पाण्डेलाई सम्मान गर्नुभयो भने समीक्ष्या सापकोटालाई प्रशँशा पत्र प्रदान गर्नुभयो । कार्यक्रमका तस्बीरहरु आफै यसरी समाचार बोल्छन ।

साभार :नेपाल मदर.कम 

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...