Monday, March 13, 2017

अध्यक्षकी प्रत्यासी रविना थापाको अन्तरकृया भब्य

 

NRNA अमेरिकाकी उपाध्यक्ष तथा अध्यक्षकी उम्मेद्धार रविना थापाको उम्मेद्धारी, घोषणा-पत्र, योजना र सिङ्गो NRNA अमेरिकासँग सम्बन्धित बिषयहरुमा केन्द्रित रहेर अन्तरकृया कार्यक्रम सान फ्रान्सिस्कोमा भब्य रुपमा सम्पन्न भयो। NRNA अमेरिकाका सल्लाहकार भक्त थापाको सभापतित्वमा भएको सो कार्यक्रममा स्थानिय संघ-संस्थाका प्रतिनीधित, पत्रकार र थुप्रै नेपालीहरुको उपस्थिति थियो।

१२ मार्चका दिन बर्केलीमा आयोजित सो कार्यक्रममा उहाँले आफ्नो उम्मेद्धारी किन, के कस्ता योजना छन् भन्ने बिषयमा प्रस्ट पार्नुभयो। साथै रविना थापाको घोषणा पत्र र योजनाबारे बिज्ञ बालकृष्ण आचार्यले रबिना थापाको जीवनी र उहाको वर्तमान घोषणा पत्रका विभिन्न बिषयमा रहेर गरिएको अनुसन्धनात्मक जानकारी गराउनु भयो।तेसैबगी रबिना थापाकाबारेमा स्कूलकाल देखीका जानिफकार टिका पुनले रविनाको पारिवारिक पृष्ठभूमी, बच्चा देखी हालसम समाज
सेवाको दृढता अनि हरेक पटक काम गर्न दृढ रहने बानीको चर्चा गर्नुभयो।

NWGN क्यालीफोर्निया च्याप्टरकी अध्यक्ष सुस्मिता सिजापति, तमु समाजका र अध्यक्ष राज कुमार गुरुङ, बिज्ञ डा दुर्गा दाहाल, नेपाली जनसम्पर्क समिति अमेरिकाका सचिव इश्वर सापकोटा, अमेरका स्थित नेपाली काँग्रेसका नेता बिद्यासागर योञ्जन, डा आमोद पोख्रेल, पूर्ण बानिया, कृष्ण के सी ले शुभकामना दिनुभयो।

अन्तमा अन्तरकृयाका लागि फ्लोर ओपन गरिएको थियो। केही सान्दर्भित र सुझाव सहित प्रश्नहरु आए र ति सबैको चित्त बुझाएर सही रुपाम जवाफ दिन सफल थापा जवाफ दिन माहिर हुनुहुँदोरहेछ।समग्रमा सान फ्रान्सिस्कोको मन र समर्थन रविना थापातर्फ बलियो थियो।
मार्च १२ मा अध्यक्षकी प्रत्यासी थापा आलामेडामा भेटघाट तथा सदस्यता बितरण र व्हाइटजोनद्धारा आयोजित होली धमाका कार्यक्रममा समेत सहभागी हुनुभयो। थापाले NWGN द्धारा आयोजित महिला दिवस कार्यक्रममा दिनुभएको स्पीचले माहोल आफ्नोतर्फ बलियो बनाएकी थापा सान फ्रान्सिस्कोमा बलियो देखिनु भएको छ।

रबिना थापालाई समर्थन गर्दै नारायण बनले आफु उपाध्यक्ष पदमा आफ्नो उमेद्धारी समेत घोषणा समेत गर्नुभयो। आफ्नो पश्चिम दौडाहाको क्रममा, आफ्नो सान फ्रान्सिस्कोको सफलता पछि मार्च १३ मा लस एन्जलसमा आयोजित भेट-घाटकार्यक्रम सहभागी हुनुहुनेछ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...