Monday, March 20, 2017

कृयटिभ नेपाल युथ अर्गनाईजेशनको नेपाली विधालय सन्दर्भमा अभिभावक सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

कृयटिभ नेपाल युथ अर्गनाईजेशनले आगामी २६ मार्च २०१७ आइतबार बाट अल्बनी सिनियर सेन्टरमा संचालन गर्ने नेपाली बालबालिकाको लागि “ नेपाली विधालय “ को सन्दर्भमा आज अभिभावक सँग अन्तरक्रिया कार्यक्रम सम्पन गरेको छ |

उक्त अन्तरक्रिया कार्यक्रममा बे एरियामा बसोबास गर्नु हुने करिब ५० जना अभिभावकहरुको उपस्थिति रहेको थियो l सो अन्तरक्रिया कार्यक्रममा समाजका अगुवाहरु राजन थापा ,अनिल पाण्डे ,टिका लम्साल ,अमृत कुँवर ,सन्दीपबाबु चौधरी, नुरेन बराल ,इश्वर सिटौला ,पदम नेपाल ,बिजया सुबेदी,चुडामणि शास्त्रि सहित संस्थाका सभापति सुबाश थापा ,नेपाली विधालयको कार्यक्रम सयोजक धूर्ब बस्याल लगायत अन्यले आफ्नो अनुभव तथा विधालय संचालन गर्दा अपनाउनु पर्ने प्रक्रिया तथा भाबी चुनौती विषयमा आफ्नो धारणा राख्नु भएको थियो |

स्मरण रहोस् ,यस सस्थाले स्थापन काल देखि नै नेपाली विधालय संचालन गर्दै आएकोमा करिब एक वर्ष देखि बिभिन्न कारण स्थगन भएको थियो | नेपाली विधालय हरेक महिनाको दोस्रो तथा चौथो आइतबार दिनको १ बजे देखि ३ बजे सम्म ८४६ मसोनिक एव ,अल्बनी( अल्बनी सिनियर सेन्टर ) मा हुने सबैमा जानकारी गर्दछौ |
पुण्य कार्की
महासचिब
कृयटिभ नेपाल युथ अर्गनाईजेशन

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...