Thursday, March 2, 2017

मधेसी मोर्चाको चक्काजाम तोडेर एमाले अघि बढ्छः योगेश भट्टराई

सप्तरी,१९ फागुन  । नेकपा एमालेले मधेसी मोर्चालाई आफ्नो मधेस अभियानका क्रममा कुनै अवरोध नपुर्‍याउन आग्रह गरेको छ । मोर्चाले अवरोध गरे पनि अभियान नरोकिने उनले बताए ।

 

दुई साता लामो मेची महाकाली अभियानको पूर्वसन्ध्यामा सप्तरी पुगेका एमाले सचिव योगेश भट्टराईले मोर्चाको बन्द र चक्काजाम खेदजनक रहेको बताए । उनले कुनै पनि अवरोधले एमालेको मधेस अभियान नरोकिने प्रष्ट पारे ।

सप्तरीको कन्चनपुरमा मधेसी र मुस्लिम मोर्चाका जिल्ला नेताहरुलाई एमाले प्रवेश गराउदै भट्टराईले भने-एमाले मधेसको धर्तीपुत्र हो । मधेसी जनता र मधेसी मोर्चा फरक हुन् । हामी मधेसी मोर्चाका अनुचित माग स्वीकार गर्दैनौं तर, मधेसी जनताका माग पूरा गराउन आफैं लाग्छौं ।’

मधेसी मोर्चाले एमालेलाई मधेस प्रवेशमा रोक लगाउने घोषणा गरे लगत्तै बिहीवार एमाले सचिव भीम आचार्य, योगेश भट्टराई र २ नम्बर प्रदेश संयोजक सप्तरी पुगेका हुन् । मोर्चाले एमालेको कार्यक्रमलाई लक्षित गरेर चक्काजाम घोषणा गरेको छ ।

एमाले सचिव भट्टराईले मोर्चाले बन्दका कार्यक्रम स्थगित नगरे पनि एमालेको अभियान अघि बढ्ने र कुनै पनि अवरोधको जनताले नै प्रतिवाद गर्ने बताए । उनले भने-हाम्रा गाडीहरु गुड्नेछन्, हामी मधेसी जनताका घरघरमा गएर एमाले विरुद्ध फैलाइएका भ्रम चिर्नेछौं ।’
कार्यक्रममा मुस्लिम समुदायका अगुवा सहित मधेसवादी दलका कार्यकर्ता एमालेमा प्रवेश गरे ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...