Sunday, March 19, 2017

एन आर एन कतारमा नयाँ शक्तिले पेलान्टिक गोल गर्छ -लाल भट्ट

ध्रुब क्षेत्री दोहा , बिगत लामो समय देखी हामी कतार मा NRNA कतारका पार्सद छौ ! हामीले बारम्बार बिभिन्न समयमा कतार मा समस्या मा परेका नेपालिहरुको आवाज उठाउदै आएता पनि सस्था त्यस प्रती जिम्मेवारी रहेन । दोहा भित्र थुप्रै समस्याहरु छन तर सस्था र दूतावास कुनै पनि समस्यामा गम्भीर नहुनु र राजनिती र ब्यापारीहरुको सस्था मा हाबी हुनु को कारण नेपाली श्रमजीवीहरुले NRNA – NCC कतार बाट कुनै सहयोगको महसुश गर्न पाएका छैनन । कतारमा बिभिन्न समस्यामा परेका मजदुरहरु कोहि अस्पतालमा अलपत्र छन, कोहि जेल भित्र निर्दोश भएर पनि अलपत्र छन त कोहि ५० डिग्रि को गर्मि मा काम गरेर ज्याला नपाएर अलपत्र परेका छन् भने केहि मरेका लाश हाल सम्म अस्पताल मा आफन्त को पर्खाइ मा छन् ।

भट्ट का अनुसार, हामिले बुझ्न नसकेको कुरा NRNA -Ncc कतारमा पैसा वाला , ब्यापारी र राजनीति हाबी भएका ले हो वा दुताबाश र सस्था को समोंनया नभएर वा सरकार सम्म पौच नभएर वा सरकार अरब का मजदुर प्रति अनविज्ञ भएर हो, यी यावत समस्याहरु कैले नि समधान भएनन्! येही समस्या लाइ ध्यान मा राखेर आफुहरुले आउने पार्सद भेलामा कडा कदम चाल्ने नयाँ शक्ती कतारका संगठन बिभाग प्रमुख समेत रहेका लाल भट्ट ले बताउनु भएको छ । हामीहरु ले अबको NRNA -Ncc कतारको गरिमामय पदहरुमा सामाजिक सस्थाका इमान्दार र स्वछ छबिका ब्याक्तित्वहरुलाइ समर्थन गर्दै राजनितीक ,ब्यापारीक , भ्रष्टाचार मुक्त समाज निर्माण गर्न बिशेष भुकम्प सहितको पेलान्टिक गोल गर्न्ने तर्फ लागेको बताउनु भयो ।

समाजमा कहि कतै कसैले जिम्मेवारी नदेखाएका कारण अब नयासक्ति कतारले ठोस कदम चाल्ने बताउदै उहाले थप्नु भयो, हामिले राजनीतिक मुक्त समाज निर्माण को लागी र सबै मजदुरको पौच मा NRNA -ncc कतारलाई पुर्याउन पार्सद सदस्य शुल्क घटाउन हाम्रो बिशेष पहल रहने र त्यहाँ भित्र बिबादास्पद भ्रष्टाचारको बिषय उठाँन हुने छ। यस पाली उम्मेद्बार जो सुकै भए पनि सामाजिक सस्था र गैरराजनीतिक ब्याक्तित्व प्रति नरम देखिएका भट्ट ले आफ्नो संगठन को समर्थन सामाजिक सस्था प्रति रहने किसिम को घुमाउरो संदेश दिदै भ्रष्टाचार, गैरराजनीतिक र गैरजिम्मेवारी नेतृत्व बाट NRNA -ncc कतार लाई मुक्त पार्न पहल कदमी गर्ने बताउदै “हाम्रो भन्दा पनि राम्रो” बेक्तित्व लाइ सस्था को नेतृत्व सुम्पने अभियानमा सम्पुर्ण संघ सस्थाले सहयोग गर्ने अपेक्षा गर्दै परिवर्तन को लागी परिवर्तनका पक्षधर एक हुनु पर्ने र यसको लागि सबै संघ- सस्थामा सदभाब पूर्ण सहकार्य को लागि आग्रह गर्नु भएको छ !

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...