काठमाडौं, २८ फागुन । विप्लव माओवादीले गरेको बन्दका क्रममा शनिबार राजधानीमा साझा बसमा आगो लगाइएको छ ।
बालाजु बाईपासमा रोकिराखेको बा ४ ख ५६४८ नम्बरको बसभित्र यात्रु बनेर प्रवेश गरेका दुई अज्ञात व्यक्तिले पेट्रोल छर्किएर आगो लगाई भागेको प्रहरीले जनाएको छ । आगोलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो । आगलागीबाट बसका केही सिट जलेका छन् ।
आगो लगाउनेको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment