Wednesday, March 29, 2017

सागर घिमिरेको ‘बुढि कन्या बसौली’ बजारमा

काठमाडौं, १६ चैत्र । तनहुँ जिल्ला को बैरेनीमा जन्मेका सागर घिमिरे सानै देखि गीत सङ्गीतमा रुचि राख्ने श्रष्टा हुन ।  विद्यालय स्तर देखि नै हरेक साङ्गीतिक क्रियाकलापमा सहभागि हुने गर्थे । उनले पछिल्लो समयमा बजारमा आएको ‘बुढि कन्या बसौली’ गित करिब ३ बर्ष अगाडि लेखेका बताउछन् ।

उनि भन्छन्,‘मलाइ गीत गाउन परिवारले प्रेरित गर्याे तर एल्बम निकाल्न भने समय भएको छैन, अहिले सानै छस् भनेर तर्किनु हुन्थ्यो हुन त हरेक आमा बाबुले आफ्नो छोराछोरी सानै देख्छ भन्छन्, त्यसपछि मैले घरमा थाहै नदिकन गित रेकर्डिङ गरेँ।’

सागर घिमिरेको पहिलो प्रस्तुति र विन्ध्यवासिनी म्यूजिक प्रा.लिले बजारमा ल्याएको उक्त गीतमा सागर घिमिरे र भूमिका शाहको सुमधुर आवाज रहेको छ।
जसमा लय भूमिका शाह र शब्द सागर घिमिरेको रहेको छ। गीतको भिडियो हेर्दै गर्दा कुनै गाउँको याद आउछ । विगतका अनुभुति झल्किन्छन्।
उक्त गीतमा रविन शंकर, पार्वती राई, शिवल अनुराग, केशव सापकोटाको अभिनय रहेको छ ।  यो गीत रविन शंकरको निर्देशनमा तयार भएको छ भने छायांकन करन चैसिरको रहेको छ भने विष्णु शर्माले सम्पादन गरेका छन्।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...