Sunday, March 5, 2017

एमालेको अभियानलाई कुनै शक्तिले रोक्न सक्दैनः ओली

काठमाडौं ,२२ फागुन। प्रमुख विपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरुले मेची-महाकाली अभियानलाई कुनै शक्तिले रोक्न नसक्ने बताएका छन् ।

आइतबार मोरङको बिराट चोकमा आयोजित आमसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले, एमालेको अभियानलाई कसैले रोक्न नसक्ने बताए । हिजो विदेशीले संविधान जारी गर्न नदिन विदेशी लागेको तर, एमालेकै कारण संविधान आएको भन्दै उनले भने, ‘सरकारबाट हटाए पनि जनताको मानबाट कसैले हटाउन सकेको छैन ।’

 

एमालेबाट डराएर केही ‘बुख्याचा’ खडा गर्न खोजिएको भन्दै उनले भने, ‘एमाले जनताको मन बुझ्न आएका थियौं, जनताको साथ एमालेसँगै छ ।’

कार्यक्रममा सुवास नेम्वाङ, भीम रावलसहितका नेताहरुले पनि एमाले अभियान नरोकिने बताए ।

आइतबार विहान बिर्तामोडबाट अघि बढेको एमालेको मेची महाकाली अभियान उर्लाबारी, मंगलबारे, डाँगीगाउँ, बेलबारी हुँदै अघि बढेको छ ।

विराटचोकमा आयोजित सभामा सहभागीहरुको संख्या अघिल्लो दिनको तुलनामा धेरै देखिन्थ्यो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...