Wednesday, March 29, 2017

विश्वकप फुटबल छनोट: बोलिभियासँग अर्जेन्टिना पराजित

काठमाडौं, १६ चैत । विश्वकप फुटबल छनोटमा अर्जेन्टिनालाई बोलिभियाले हराएको छ । बोलिभियाको राजधानी लापाजमा बुधबार बिहान सम्पन्न खेलमा घरेलु टोली २-० ले विजयी भयो ।

अर्जेन्टिनाविरुद्धको खेलमा बोलिभियालाई विजयी गराउन हुँवा कार्लोस आर्के र मार्सेलो मोरेनोले एक एक गोल गरे । दक्षिण अमेरिकी समुहकै अर्को खेलमा कोलम्बियाले ईक्वेडरलाई २-० ले हराउँदा चिलीले भेनेजुएलालाई ३-१ ले पराजित गर्‍यो ।

विश्वकप फुटबल छनोट अन्तर्गत मध्य तथा उत्तर अमेरिका र क्यारेबीयन समुहको खेलमा मेक्सीकोले ट्रिनिडाड एण्ड टोबागोलाई १-० ले हराएको छ । होण्डुरस र कोस्टारिकाले भने एक एक गोलको बराबरी खेलेका छन् । यसैगरी ओसियाना समुहको खेलमा न्युजिल्याण्डले फिजीलाई २-० ले हराएको छ

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...