चर्चित पत्रकार रवीन्द्र मिश्रको चार खम्बामा आधारित पद्दति, पारदर्शिता, ईमान्दारिता र उत्कृष्टतामा प्रस्तावित साझा पार्टीको देश बिदेशमा धमाधम स्थानिय ईकाई र सद्भाव समूहहरु गठन हुने क्रममा अमेरिकाको शिकागोमा ११ मार्च २०१७ मा डा. राजेन्द्र पंगेनीको संयोजकत्वमा ९ सदस्यीय साझा सद्भाव समूह गठन शिकागो गठन भएको छ।
जसको सह-संयोजकमा मेदनी संग्रौला,सदस्यहरुमा शिकागोबाट क़लम चलाउने लेखक सरगम भट्टराई,राजु मिश्र,दक्षिणादाहाल,प्रकाश देवकोटा,अर्जुन थापा क्षेत्री,राजेन्द्र थापा र अशोक शर्मा अधिकारी रहेका छन् । सबै समूदायको समावेशी कार्य समिति बनाउन थप दुई सदस्य पद पछि थप गरिने कुरा प्राप्त समाचारमा उल्लेख छ ।
No comments:
Post a Comment