Saturday, March 11, 2017

एनआरएनएको सदस्यता वितरण तथा छलफल कार्यक्रम ईन्डियानामा सम्पन्न ।

गत मार्च 11 तारिख २०१७ आईतबारका दिन नेप्लीज एसोसिएशन अफ ईन्डियानाको नेतृत्वमा एन.आर.एन. को “मेम्बरसिप ड्राइभ” कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा एन.आर.एन.ए अमेरिकाका अध्यक्ष डा. केशब पौडेल प्रमुख अतिथि हुनुहुन्थ्यो । त्यसै गरि एनआरएनए अमेरिकाको महिला कोअर्डिनेटर राधा पौडेलको पनि उपस्थित थियो ।

सो कार्यक्रमका प्रमुख अतिथि डा केशव पौडेलले कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए अमेरिकाले नेपाली समाज जस्तो परम्परागत समाजवाट विकसित हुँदै गएको समाजमा समय सापेक्ष सुधारका लागि एनआरएनएले खेल्ने भूमिकाका सम्भावना बारे प्रष्ट पार्नु भयो । त्यसरीनै उहाँले भन्नु भयो अमेरिकामा बसेर आफुले देखेको नेपाली समाजका चुनौती र सम्भावनाका बिशेसतालाई मनन गरि एन.आर.एन.ए मार्फत अमेरिकाको सरकार तथा नेपालको सरकारसँग धेरै काम गर्न
सकिन्छ । त्यसैगरी डा केशवले थप्नुभयो अमेरिकामा रहेर पनि पिछडिएका नेपाली दाजु भाइ तथा दिदी बहिनीहरु सम्म चेतना मुलक कार्यक्रमहरु लिएर जानु पर्ने बताउदै बढि भन्दा बढी गैह्र आवासिय नेपालीहरुले एनआरएनको सदस्यता लिनु पर्ने कुरामा जोड दिनु भयो ।

वोल्ने क्रममा डा पौडेलले भन्नुभयो बिश्वको बिकसित मुलुकमा हामी बसे पछि यहॉको बिकाशका अब धारणाहरु लाई हाम्रो देश सम्म लैजाने एउटै सुत्र भनेको एन.आर.एन.ए भएको हुनाले सबैले यो एन.आर.एन.ए को सदस्यता लिनु पर्ने हुन्छ । अध्यक्ष पौडेलले एन.आर.एन.ए एउटा संस्था मात्र नभई यो एउटा अभियान भएकाले यसलाई अझ सहभागिता मुलक बनाउनु पर्ने कुरामा जोड दिंदै भन्नुभयो एनआरएनए मात्रै एउटा यस्तो संस्था हो जस्ले भावना र भूगोलको नेपाललाई जोड़ने सेतुको काम गर्छ ।

उक्त कार्यक्रममा एनआरएनए अमेरिकाका पूर्व सल्लाहकार तथा आन्माका पूर्व अध्यक्ष समाजसेवी गोपेन्द्र राज भट्टराईले भन्नुभयो आजसम्म एनआरएनए
अमेरिकाका अध्यक्ष डा केशव पौडेलले चाहे अमेरिकामा वस्ने नेपाली आप्रवासीकै लागि हरेक हप्ता हरेक स्टेटमा खटेकै कुरा किन नहोस चाहे नेपालमा गएको महाभुकम्पमा ज्यानको वाजी थापेर रसुवा लगायत विभिन्न दुर्गम ठाउँमा खटेकै कुरा किन नहोस् यस्तो लगन शीलका साथ खटने व्यक्ति पुन: एनआरएनए अमेरिकामा आउनु पर्छ । यस्तो लगनशील व्यक्तित्वलाई अगाडि वढाईयो भने भोलीको एनआरएनए आईसीसीको नेतृत्व एनआरएनए अमेरिकाले पाउनेछ भन्दै यो पटक पुन: डा केशव पौडेललाई सघाउन आग्रह गर्नु भयो ।

उक्त कार्यक्रमको संचालन Nai का सचीव अनन्त आचार्यले गर्नु भएको थियो भने सो कार्यक्रमको समापन Nai कै अध्यक्ष अरूण राज भण्डारीले गर्नु भएको थियो ।उक्त कार्यक्रममा ईन्डियाना,ओहायो र आयोवाका नेपाली समुदायका प्रमुख व्यक्तित्वहरुको वाक्लो उपस्थित थियो ।
सर्बज्ञ वाग्ले

मिडिया कोअर्डिनेटर
एनआरएनए अमेरिका

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...