Tuesday, March 7, 2017

चालिस वर्षमाथिकालाई ‘युवा’ भन्न नपाइने

काठमाडौँ, २४ फागुन । सरकारले १६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई मात्र ‘युवा’ बाट सम्बोधन गर्न सरकारी निकायलाई परिपत्र गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयले यही फागुन ९ गतेको मन्त्रालयस्तरीय निर्णयानुसार युवाको उक्त उमेर निर्धारण गरेको हो । मन्त्रालयले नेपाली युवाको हकहित संरक्षण गर्दै तिनलाई सक्षम तुल्याई राष्ट्रिय विकासको मूल प्रवाहमा एकीकृत गरी नेतृत्वदायी भूमिका निर्वाह गर्न राष्ट्रिय युवा परिषद् ऐन, २७२ बमोजिम युवा परिषद् गठन गरेको जनाउँदै देशका ७५ वटै जिल्लामा युवा समिति कार्यालय सञ्चालन भएको बताएका छ ।

परिषद् ऐनमा युवाको उमेर १६ देखि ४० वर्ष निर्धारण भए पनि नेपाल सरकारका विभिन्न निकायका नीति, कार्यक्रममा युवाको उमेरको विविधता पाइएकाले अबउप्रान्त मन्त्रालय र अन्तर्गतका सचिवालय, परिषद्, प्रतिष्ठान र समितिका कार्यक्रममा युवाको उमेर ऐनबमोजिम नै कायम गर्न सम्बन्धित सबैमा आग्रह गरिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...