Thursday, March 16, 2017

राष्ट्रपति ट्रम्पको यात्रा प्रतिबन्धलाई अदालती झड्का

राष्ट्रपति डोनाल्ड ट्रम्प द्वारा यात्रा प्रतिबन्ध सम्बन्धि नया कार्यकारी आदेश जारी गरेता पनि हवाई तथा मेरिल्याण्डका न्यायाधिसहरुले रोक लगाइदिएका छन् l अस्थाई यात्रा प्रतिवन्ध लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशलाई क्यालिफोर्निया अदालत तथा डीसी अदालत समेतले बिगतमा खारेज गरेको थियो l

हवाईका युएस जिल्ला न्यायाधिस डेरीक कहाला वाटसनले राष्ट्रपतिको कार्यकारी आदेश माथि रोक लगाउने निर्णय गरेका हुन् भने उनलाई पूर्व राष्ट्रपति ओबामाले नियुक्ति गरेका थिए l यसै गरि मेरिल्याण्ड जिल्ला अदालतका थियोडर डिचुआङ्गले पनि रोक लगाई दिएका छन् l

मेरिल्याण्डका न्यायाधिस थियोडरले राष्ट्रपतिको कार्यकारी आदेश पहिलो जस्तो भएकोले संयुक्त राज्य अमेरिकाको संविधानका विभिन्न प्रावधान उल्लङ्घन गर्ने देखिएको लेखेका छन् l राष्ट्रपतिको पहिलो कार्यकारी आदेशमा सात वटा मुसलमान देश इराक ,सिरिया ,लिबिया ,सुडान,तथा येमनका नागरिकहरु अमेरिका अस्थाई रुपमा आउन प्रतिबन्ध गरिएको थियो l

राष्ट्रपति ट्रम्पको पहिलो मौलिक कार्यकारी आदेश भन्दा फरक नरहेको भन्दै जारी गरिएको दोश्रो कार्यकारी आदेशमा ईराकका लाई उक्त सुची बाट हटाईएको थियो l दोश्रो संसोधित यात्रा प्रतिबन्धमा ईराकलाई हटाईए पछि ६ वटा राष्ट्रलाई मात्रमा कार्यकारी आदेश लागु हुने गरिएको छ l अहिले सम्म ६ वटा उक्त मुसलमान देशका भित्रिएका शरणार्थी मध्ये करिब ३ सय जना एफबिआई को कडा निगरानीमा राखिएको भन्दै उनिहरु आतंकबाद संग सम्बन्ध भएको आशंका गरिएको जनाएका थिए l

राष्ट्रपति ट्रम्प यो दोश्रो नया कार्यकारी आदेश अनुसार अस्थाई आवासीय पत्र (ग्रिन कार्ड ) तथा कानुनि रुपमा अमेरिका छिरेका लाई लागु नहुने जनाएको छ l मेरिल्याण्ड तथा हवाईका न्यायाधीशको आदेशले राष्ट्रपतिको प्रयासलाई पुन : एक पटक झड्का लागेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...