Saturday, March 11, 2017

चट्याङ लागेर पर्वतमा १० जना घाइते

फलेवास (पर्वत), २८ फागुन । चट्याङ लागेर फलेवास खानीगाउँमा गएराति १० जना घाइते भएका छन् । खानीगाउँ गाविसमा अविरल वर्षासँगै परेको चट्याङले वडा नं ३, ४, ५ र ६ का १० जान घाइते भएका हुन् ।

घाइतेको फलेवासमै रहेको धुलिखेल अस्पताल खानीगाउँमा उपचार भइरहेको छ । घाइतेको खुट्टा, ढाड तथा शरीरका विभिन्न भागमा चट्याङले पोलेको अस्पताल प्रमुख प्रशान्त गुप्ताले जानकारी दिनुभयो ।

उहाँका अनुसार केहीको अवस्था गभ्मीर रहेको छ । पटक पटक परेको चट्याङले लागेर ठूलो सङ्ख्यामा घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घाइतेको फलेवासमा रहेको प्रहरी चौकीका सुरक्षाकर्मीले उद्धार गरेका थिए । रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...