भिजिट नेपाल २०१८ (visit nepal 2018) पुर्व तयारीको लागि नेपाल पर्यटन बोर्डले युरोपमा विभिन्न कार्यक्रमहरु आयोजना गरि बर्षमा २ लाख पर्यटक भित्र्याउने योजना गरेको छ ।
नेपाललाइ अन्तर्राष्ट्रिय जगतमा चिनाई बर्षमा २ लाख पर्यटक भित्र्याउन युरोपका पर्यटनदुतहरु अगाडी बढेका छन् । युरोपका पर्यटनदुतहरुको सहभागितामा युरोप भरि बिभिन्न कार्यक्रम गर्नुका साथै युरोपमा रहेका अन लाइन मिडियाहरुको सहायताद्वारा प्रचार प्रसार गरिने भएको छ ।
यसै क्रममा स्विटजरल्याण्डबाट नेपाली पर्यटनदुतमा नियुक्त भएका कमल भट्टले भिजिट नेपाल २०१८ को पुर्व तयारी स्वरुप भिजिट नेपाल युरोप २०१७ का लागि लागिपरेका छन् । स्विटजरल्याण्डको जुरिच मेन रेल स्टेशनमा यही २३ मार्च देखि २५ मार्च सम्म बिहान ११ बजे देखि बेलुका २० बजे सम्म नेपाल पर्यटन भित्र्याउन स्टल राख्ने भएका छन् ।
No comments:
Post a Comment