Monday, March 27, 2017

एमाले अध्यक्षसँग भारतीय राजदूतको भेट

काठमाडौँ, १४ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलसिँग आज नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जिवसिंह पुरीले सो पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धको निरन्तरता र आपसी हितका कुरा भएको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीले नेपाली जनताको लोकतान्त्रिक सङ्घर्षबाट प्राप्त संविधानसभाबाट जारी संविधान कार्यान्वयन र जनतालाई अधिकार दिलाउन आफूहरु लागिपरेको बताउनुभएको थियो । राजदूत पुरीले आइतबार राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...