Tuesday, March 21, 2017

शान्ति प्रक्रियामा नेपालको भूमिकाको प्रशंसा

काठमाडौँ, ८ चैत । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँग अमेरिकी सेनाको प्यासिफिक कमान्डका कमान्डर एडमिरल ह्यारी बी ह्यारिजले मङ्गलबार परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गर्नुभयो ।

सो भेटका क्रममा नेपालमा दुई वर्षअघिको भूकम्पको उद्वार र सहायताका लागि प्राप्त अमेरिकी सेनाको सहयोगको प्रशंसा गर्दै मन्त्री डा महतले नेपालको विकासका विभिन्न क्षेत्रमा अमेरिकी सरकारले पु¥याउँदै आएको सहयोगका लागि धन्यवादज्ञापन गर्नुभयो । भेटमा कमान्डर एडमिरल ह्यारिजले नेपालसँग अमेरिका तथा अमेरिकी सेनाको आत्मीय सम्बन्ध रहेको बताउनुभयो ।

उहाँले शान्ति प्रक्रियामा नेपालको भूमिकाको प्रशंसा गर्दै शान्ति स्थापनामा नेपालले निर्वाह गरेको भूमिका विश्वमा नै उदाहरणीयरुपमा लिइने गरेको धारणा राख्नुभयो । उहाँले नेपालमा हुन लागेको स्थानीय तहको निर्वाचनको सफलताका लागि शुभकामना पनि व्यक्त गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...