कुखुराको लागि स्वेटर ,त्यो पनि अमेरिकामा ? ठट्टा त हैन जस्तो सुनिन्छ l अमेरिकाको म्यासाचुसेट्स राज्यको चर्चित शहर बोस्टनमा वरिष्ठ नागरिक द्वारा कुखुराको लागि स्वेटर (ऊनी गंजी ) बुनिएको समाचार प्राप्त भएको छ l
बोस्टन क्षेत्रमा जाडो महिनामा अत्यधिक जाडो र भिषण हिमपात हुने भएकोले पंक्षीहरुको लागि पनि न्यानो प्रकारको वस्त्र व्यवस्था गरि भाले पोथीलाई चिटिक्क परेको लुगा लगाईएको छ l
र स्वेटर लगाई दिए पछि कुखुरा पालन गर्ने व्यवसायीले अन्डा उत्पादनमा वृद्धि भएको जनाएका छन् l बोस्टनको उप शहर को फुलर गाउँको मिल्टनका अवकास प्राप्त महिलाहरुले उक्त परियोजना नै चलाएका हुन् l
उक्त संस्थाकी संचालक न्यान्सी कर्न्सले छिमेकि परोपकारी संस्थाको लागि गरिएको बताएकी छिन् l स्वेटर बुन्ने मध्ये कै ७६ बर्षिय बार्बराले आफुले १५ बर्ष देखि नै स्वेटर बुन्ने गरेको तर आफुले यस्तो जङ्गली सपनामा कुखुराको लागि स्वेटर कहिले नरहेको बताईन l अर्को एक महिलाले मलेसिया मूलको प्रिन्स पिप नामक भालेको लागि स्वेटर बुनेको एसोसिएट प्रेसमा समाचार छ l
No comments:
Post a Comment