Tuesday, March 28, 2017

नेपाली युवती भारतको होटलबाट रंगेहात पक्राउ परेपछि…

काठमाडौं, १५ चैत । भारतको राजस्थानमा यौन धन्दामा संलग्न एक नेपाली युवती रंगेहात पक्राउ परेकी छन् ।

नेपालको अर्घाखाँची जिल्ला घर भएकी सीता (नाम परिवर्तन)लाई राजस्थानको सीकरस्थित एउटा होटलबाट आपत्तिजनक अवस्थामा स्थानीय प्रहरीले नियन्त्रणमा लिएको भारतीय मिडियाले जनाएका छन् ।

आफू विवाहित रहेको तथा श्रीमान पनि दिल्लीमै काम गर्दै आएको बताउने सीताले एक घण्टाका लागि ग्राहकबाट दुईदेखि तीन हजार रुपैयाँ लिने गरेको प्रहरीको दाबी छ । उनले आफ्नो पेशाबारे श्रीमान पनि जानकार रहेको कुरा प्रहरीलाई बताएको समाचारमा उल्लेख छ ।

यस्तै प्रहरीले सोमबार राति गरेको कारवाहीमा अन्य तीन जनापनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा होटल मालिक र दलाल रहेको बताइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...