Tuesday, March 21, 2017

‘रातो सूर्य’ अघिनै म्यूजिक भिडियोमा देखिए केपी ओली (भिडियोसहित)

काठमाडौं । नेकपा एमाले अध्यग केपी शर्मा ओली राष्ट्रभक्तिको भाव भएको ‘म मर्न तयार छु’ बोलको म्यूजिक भिडियोमा देखिएका छन् । ओलीको जीवनमा आधारिक फिल्म ‘रातो सूर्य’मा देखिनुअघि नै उनी म्युजिक भिडियोमा देखिएका छुन् ।

तिलक बस्नेत र मनिषा राईको स्वरमा रहेको म्यूजिक भिडियोमा ओलीसंगै पूर्व अर्थमन्त्री डाक्टर रामशरण महत, पूर्वमन्त्री लालबाबु पण्डित, माओवादी केन्द्रका टोपबहादुर रायमाझी, पत्रकार ऋषि धमला आदिले पनि अभिनय गरेका छन् ।

गीत युट्युबमार्फत सार्वजनिक भएको छ । गीतमा स्वर, शब्द र संगीत दिएका तिलक बस्नेतले भिडियो पनि आफै निर्देशन गरेका हुन् । केपी ओली अभिनित फिल्म ‘रातो सूर्य’ उत्पादनको क्रममा छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...