Sunday, March 26, 2017

अमेरिकाको विस्कनसिन राज्यको म्याडिसन शहरमा नेपाली चलचित्र “बिजुली मेसिन”को स्क्रीनिंङ्ग

​”बिजुली मेसिन”को स्क्रीनिंङ्ग, विस्कनसिन, म्याडिसन, अमेरिका

मार्च २५, २०१७

अमेरिकाको विस्कनसिन राज्यको म्याडिसन शहरमा नेपाली चलचित्र “बिजुली मेसिन”को स्क्रीनिंङ्ग गरिएको छ | नेपाली अमेरिकन मैत्री संघ म्याडिसनको आयोजनामा गरिएको उक्त स्क्रीनिंङ्गले नेपालमा २०१५ को भूकम्पले ध्वस्त बनाएको दोलखा स्थित हिलेपानी संस्कृत माध्यमिक बिद्यालय पुननिर्माणका लागि रकम जुटाउन गरिएको थियो | कार्यक्रममा मन्तब्य राख्दै मैत्री संघका अधक्ष्य पूर्ण श्रेष्ठले उपस्थित सबैलाई स्वागत गर्दै, स्कुल पुनर्निर्माणमा सहयोग गर्न आव्हान गर्नुभएको थियो |
“बिजुली मेसिन” केहि महिना अघि डिसेम्बर ०२, २०१६ मा नेपालमा प्रदर्शनमा आएको थियो | उक्त चलचित्रलाई अधिकांस समिक्षकहरूले रुचाएका थिए | नविन अवालको लेखन तथा निर्देशन रहेको उक्त चलचित्रमा राजेश हमाल, बुद्धि तामांग, लक्ष्मी भुसाल, अविशेक सुबेदी, रेलिजा श्रेष्ठ आदि को भूमिका रहेको छ | चलचित्रको निर्माण टिममा रिशव आचार्य, बिन्दु तिमिल्सिना, संजिव न्यौपाने र दिपेन बस्नेत रहेका छन् | नेपालको पहिलो बिज्ञान सम्बन्धि कथा भएको चलचित्र मानिएको बिजुली मेसिनमा दुइ जिम्मेवार नागरिकको सामाजिक कथा प्रस्तुत गरिएको छ | चलचित्रमा बिज्ञान सम्बन्धि परामर्श सन्तोष लामिछानेले प्रदान गरेका हुन् | सन्तोष लामिछाने पनि म्याडिसनका रैथाने हुनुभएकाले उहाँलेनै स्क्रिनिंग कार्यक्रमको संयोजन तथा संचालन गर्नुभएको थिए |

कार्यक्रममा नेपाली, भुटानी, अमेरिकी मुलका सबै दर्शकले चलचित्र रुचाएका थिए | चलचित्रको प्रदर्शन पश्चात दर्शकहरूले “यस्ता पृथक र राम्रा चलचित्र नेपालमा अझ धेरै भन्नु पर्ने र बिजुली मेसिन एउटा राम्रोसंग निर्माण भएको चलचित्र हो” भन्ने आशयको अभिव्यक्ति दिएका थिए|

Thank you, all who attended and supported the fundraiser screening of Bijuli Machine Saturday 03/25 in Madison. It was a pleasure to watch the movie together with you all. I hope we can do this more often; support good causes and support Nepali films too. Please tag yourself or others if I missed anyone. Thank you, Shaantoona for capturing the event!

Posted by Santosh Lamichhane on Sunday, March 26, 2017

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...