Friday, March 17, 2017

कास्कीमा एचआइभी सङ्क्रमितको सङ्ख्या बृद्धि

पोखरा, ४ चैत । एचआइभी सङ्क्रमितको सङ्ख्या कास्कीमा बढ्दै गएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयको एचआइभी-एड्स हेर्ने स्रोत व्यक्ति नानीबाबु ढकालकाअनुसार यसवर्ष जिल्लामा दुई हजार दुईसय एचआइभी सङ्क्रमित छन् । गत वर्षको सोही अवधिमा एक हजार नौसय एचआइभी सङ्क्रमित थिए । सङ्क्रमितमध्ये नेपाल सरकारले निःशुल्क उपलब्ध गराएको एआरटी औषधि ९८८ जनाले खाइरहेको स्रोत व्यक्ति ढकालले बताउनुभयो ।

अवैध यौन सम्बन्धले भन्दापनि लागु औषध सेवन गर्ने सुईबाट बढी युवा एचआइभी सङ्क्रमित भएको उहाँले बताउनुभयो । अठार वर्ष भन्दा मुनिका ५३ जना एचआइभी सङ्क्रमितलाई सरकारले मासिक एक हजार भत्ता उपलब्ध गराइरहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...