Saturday, March 18, 2017

एनआरएन अभियन्ताहरु मलेसियामा

गैर आवसिय नेपाली संघको एशिया प्यासिफिक क्षेत्रीय सम्मेलनमा सहभागी हुन गैरआवासीय नेपाली संघका अभियन्ताहरु मलेसिया आईपुगेका छन्। एनआरएनए अध्यक्ष शेष घले, संरक्षक जीवा लामिछाने, उपाध्यक्षहरु भवन भट्ट र कुमार पन्त, महासचिव बद्री केसी लगायतका गैरआवासीय नेपाली अभियन्ताहरु क्वालालम्पुर आइपुगेका छन् भने विभिन्न देशबाट प्रतिनिधिहरु आउने क्रम जारी रहेको छ।

सम्मेलनको औपचारिक कार्यक्रम आइतबार क्वालालम्पुरमा हुँदैछ। जसका प्रमुख अतिथि नेपालका परराष्ट्रमन्त्री डा. प्रकाशशरणा महत र अन्य अतिथिहरु नेपाल राष्ट्र बैंकका गर्भरनर डा. चिरञ्जीवी नेपाल लगायतका अतिथिहरु पनि आउने कार्यक्रम रहेको गैरआवासीय नेपाली संघ मलेसियाले जनाएको छ।
सम्मेलनको पूर्वसन्ध्यामा क्वालालम्पुरमा शनिवार फुटसल प्रतियोगिता आयोजना गरियो। आम्पाङमा सुरु भएको प्रतियोगिताको गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, संरक्षक जीवा लामिछाने, उपाध्यक्ष कुमार पन्त र एशिया प्यासिफिक संयोजक किरणबिक्रम थापाले संयुक्तरुपमा उद्घाघन गरेका छन्।

कोपिला गौतम
सदस्य
मिडिया एण्ड पब्लिकेशन कमिटी
गैर आवसिय नेपाली संघ
एशिया प्यासिफिक क्षेत्र

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...