Tuesday, March 28, 2017

रत्नराज्य क्याम्पसमा अनेरास्ववियूको प्यानल निर्वाचित

कठमाडौँ, १६ चैत । रत्नराज्य लक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियूका तपेन्द्रबहादुर शाहीको प्यानल निर्वाचित भएको छ ।

मङ्गलबार राति भएको मतगणनामा अनेरास्ववियूका शाहीले ६९९ मत ल्याई अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत हरि पराजुलीले जानकारी गराउनुभयो । शाहीसहित सचिव, कोषाध्यक्ष र ८ सदस्यको प्रत्यक्ष निर्वाचन प्रणालीअनुसार निर्वाचन भएको हो ।

उहाँका प्रतिद्वन्द्वी नेपाल विद्यार्थी सङ्घका उत्तमवहादुर साउदले ३६७ मत प्राप्त गर्नु भएको छ ।

सचिवमा नारायण शर्मा र कोषाध्यक्षमा संगम देवकोटा तथा अन्य ८ सदस्य निर्वाचित हुनु भएको छ । सदस्यहरुमा मदन भण्डारी, दीपक खतिवडा, उज्वल न्यौपाने, जनक शाही, दिनेश बजगाँई, श्याम विक, सुजिता ढकाल र उर्वर सिंह रहेका छन् ।

उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत समानुपातिक पदाधिकारी निर्वाचनमा आएको मतको आधारमा पछि चयन गरिने निर्वाचन अधिकृत पराजुलीले जानकारी गराउनुभयो ।

मङ्गलबार भएको निर्वाचनमा एकहजार २७६ विद्यार्थीले मतदान गरेका थिए ।
दुईपटक स्थगित भएको निर्वाचन सर्वोच्च अदालतले चैत २ गते निर्वाचन गर्न अन्तरिम आदेश दिए पछि मङ्गलबार निर्वाचन भएको हो ।

निर्वाचन प्रक्रियामा अनेरास्ववियु (क्रान्तिकारी) सहभागी भएको थिएन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...