अमेरिकाको मेरील्यान्ड निवासि आदरणिय बुवा आमा दाजु भाइ तथा दिदिबहिनिहरु मा आगामी निर्वाचनको लागि बरिस्ठ उपाध्यक्षको उमेद्द्वार , सुबोध बिलास पन्तको तर्फबाट हार्दिक नमस्कार !!! सामाजिक सस्था भनेकोनै जिवन् जिउनका लागि अक्सिजनको अबस्यकता जस्तै दुख संकट पर्दा आबस्यक हुने अपरिहार्य तत्व हो यहि मुल् धर्मलाइ आत्मसात् गर्दै अमेरिका प्रबेशको सुरुवात् देखि नै बाना सँग घनिष्ट रुपले जोडिएको सर्ब बिबितै छ।बाना सँग जोडिएको प्रारम्भिक कालदेखिनै सस्थाको बिधि र विधानलाई आत्मसाथ गर्दै अनबरत खटेको र दत्तचित्त भै कर्तब्य पुरा गर्न लागि परेको आम मेरिल्याण्ड निवाशी दाजु भाई तथा दिदीबहिनीहरुको माझ ऐना जस्तै छर्लग छ ।यो पटकको मेरो उम्मेद्वारी मेरो रहर र इच्छा भन्दा पनि आम मेरिल्याण्ड निवाशी दाजु भाइ तथा दिदीबहिनीहरुको चाहाना र सस्थाको आबस्यकता का लागि हो । चुनाव प्रजातान्तिक प्रक्रिया हो । चुनावले दक्ष ब्यक्तिको छनौट गर्ने गर्छ तर चुनाव भन्दा पनि सर्ब सम्मत नेतृत्व छनौट गर्ने हाम्रो प्रयास सफल हुन नसकेकोले मैले उमेद्द्वारी प्रस्तुत गरेको छु ।
मेरो एकल प्रयासले मात्र सस्थाका सारा योजनाहरु सफल हुन सक्दैनन त्यसका लागि बलियो टीमको आबस्यकता पर्दछ । त्यसैले टीमको स्पिरिटमा बिस्वास राखेर नै मैले बरिस्ठ उपाध्यक्ष मा मेरो उमेद्द्वारी घोषणा गरेको हुँ । मेरो उमेद्द्वारी सस्थामा रहेर सस्थाकै खिलापमा काम गर्नेका बिरुद्द हो । मेरो उमेद्द्वारी सस्थाको सर्बाङ्गिण हितका लागि हो न कि कुनै ब्यक्ती बिशेष का लागि । सस्थामा म सँग टिमसँग मिलेर गर्न सक्ने थुप्रै सम्भव हुने योजनाहरु छन ती योजनाहरु प्रस्तुत गर्नु भन्दा पहिला मेरो बिगतको कार्यकालका केहि महत्वपूर्ण कुराहरुको स्मरण गराउन चाहन्छु । म कुनै बिना अनुभव यो पदमा उम्मेद्वारी दिएको होइन । यो सस्थामा म २०१३ / १५ को सदस्य र २०१५/२०१७ को मेम्बरशिप डाइरेक्टर भै कुशलता पूर्वक मेरो जिम्मेवारी बहन गरिसकेको छु । ६०० जना सिमित सदस्य रहेको सदस्यता सख्या बढाएर १००० सख्या पुर्याउनु मा मेरो ब्यक्तिगत पहल रहेको थियो ।
मेरा केहि प्रतिबद्दता हरु पनि छन । ती प्रतिबद्दता हरु पनि सामुहिक प्रयासमा सम्पन्न हुनेछन ।
१) तत्कालका लागि बानाको आफ्नै कार्यालय स्थापना का लागि मेरो पहिलो एजेण्डा हुनेछ , जहा बाट बानाका सम्पूर्ण अफिसियल काम गर्न सकियोश ।
२) आपसी एकता , बन्धुत्व र भाइचारा बिच बढ्दै गएको खाडललाई कम गर्न मुख्य समन्वयकारि भूमिका निर्वाहा गर्दै
रनेपालि नेपालीको नाता प्रगाढ बनाउन दत्तचित्त भएर लाग्ने ३) म बरिस्ठ उपाध्यक्ष रहने सक्षम नयाँ कार्यसमिति ले आगामी दुई बर्षमा सदस्यता विस्तार अभियानलाई व्यापक रुपमा संचालन गरि मेरिल्याण्डमा बसोबास गर्ने हरेक अमेरिकि नेपालीलाई स्वतफुर्त बानाको सदस्य बन्ने बातावरण को श्रीजना गर्ने ।
४) बाना आकष्मिक कोषको अबधारणा लाई शत प्रतिशत कार्यन्यन गर्न उच्च प्राथमिकतामा राख्ने ।
५) कागजी वा कानुनी समस्याका कारण अप्ठ्यारोमा परेका नेपालीहरु लाई नेपाली राजदुताबाशको सहकार्य मा उचित परामर्श दिन बिशेष कार्यक्रमको घोषणा गर्ने ।
६) एक अर्काका परिपुरक र आम मेरिल्याण्ड बासी को चाहना साथै बानाको ड्रिम प्रजेक्ट को रुपमा देश बिदेशमा चर्चा पाएको सामुदायिक भवन र निर्माण हुन लागेको हिन्दू – बुद्द मन्दिर लाई एउटै कम्पाउण्ड भित्र निर्माण गर्नका लागि पहल गर्ने ।
७) बाना कार्य समिति २०१५/०१७ ले शुरु गरेको ऐतिहासिक नेपाल डे लाई परिमार्जित गर्दै झनै व्यापकताका साथ अगाडी
बढाउने ।
८) नेपाली भाषा कक्षा संचालनका लागि बिशेष कार्यदल गठन गर्ने । मेरिल्याण्ड का School को शैशिक सिलेबलमा नेपाली भाषा ऐच्छिक बिषयको रुपमा अध्यापन गराउन पहल गर्ने । यसका लागि नेपाली शिक्षा बिदको नेतृत्वमा बिशेष समिती गठन गर्ने ।
९) बानाको हिसाबकिताबलाइ पारदर्शि बनाउने ।यस्का लागि सम्बन्धित ग्यान प्राप्त ब्यक्ती (CPA) को तर्जुमा गर्ने ।
१०) बानालाई छाता सस्थाको रुपमा स्थापित गरी ,मेरिल्याण्डमा रहेका हरेक सस्थासँग समन्वय गर्दै नेपाली लोक सस्कृति , लोक परम्परा र नेपाली पनलाई बचाई जोगाइ राख्ने ।
११) नेपाली युवाहरुलाई अतिरिक्त क्रियाकलाप मा सक्रिय बनाउन ,उनीहरुको आत्मबल बढाउन बिशेष कार्यक्रम जारी गर्ने खेलकुद प्रतियोगिता ,हाजिरीजवाफ प्रतियोगिता जस्ता कार्यहरु नियमित सन्चालन गर्ने ।
१२) महिला शशक्तिकरणका लागि छुट्टै महिला समिती गठन गरी उनीहरुको आधारभूत तालिमहरु सन्चालन गर्ने ।
१३)कलाकारको राजधानी भनेर चिनिने बाल्टिमोरमा रहेका कलाकार र बाना बीचको भेटघाट तथा अन्तरक्रिया लाई नियमित सन्चालन गर्ने
१४) अमेरिकी नेपालि समाजमा उल्लेखनिय कार्य गरिसक्नु भएका व्यक्तित्वहरु ,बानाका सल्लाहाकार , सस्थापक र बिगतमा कुशलातापुर्बक कार्य सम्पादन गरिसक्नु भएका आग्रजहरु लाई उच्च सम्मान प्रकट गर्दै उहाहरुको राय सल्लाहलाई शिरोपर्य गर्दै अगाडी बढ्ने ।
सस्थामा रही सस्थाकै लागि भोक ,प्यास , निन्द्रा नभनी अहिरात्र खट्ने, समयले लिएका हरेक परिक्षाहरुमा डटेर लाग्ने तपाईहरुका सामुन्ने छर्लङ म सुबोध पन्तलाई बरिस्ठ उपाध्यक्ष पदमा मतदान गरि काम गर्ने अबसर दिनुहोला ।
No comments:
Post a Comment