Sunday, March 5, 2017

अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिप मेडल खेल्न यु ए इ गएका खेलाडी कतारमा

ध्रुब क्षेत्री दोहा’ कतार  , अन्तरास्ट्रिय स्थर को मार्सलआर्ट  (अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिप  मेडल) खेल खेल्न दुबई पुगेका नेपाली  खेलाडीहरु  हिजो फाल्गुन २२ २०७३  का दिन नयासक्ति कतार को निमन्त्रणा मा  ३ दिने भर्मण  को क्रममा कतार आएका छन्, प्रसिक्ष्यक रोसन खान को नेतृत्व   २ अन्य प्रसिक्ष्यक र ११ खेलाडि रहेको टिम लाइ कतार स्थित बैचारिक सस्था अन्तरास्ट्रिय नेपाली समाज ( नयासक्ति कतार ) कतार ले कतार को अन्तरास्ट्रिय विमानस्थल मा स्वागत गरेको छ , साथै कतार मा खेलाडी तथा प्रसिक्ष्यकलाइ भेटघाट तथा अन्या बेबस्थापन मा समेत सयोग गरेको छ भने आगामी मंगलबार खेलाडीहरुलाइ   सम्मान तथा बिधाई गर्ने योजना बनाएको संगठन का संयोजक बि बि खराल ले बताएका छन्! खेलाडीहरु बिस्वमा कुनै पनि देशका सुन्दर गहना हुन् र जसले देश को नाम लाइ विस्वा भर फैलाउन सयोग गर्दछ भन्ने  नयासक्ति पाटि नेपाल को मान्यता अनुरुप कतार्रको संगठन ले पनि यस्ता सबै काममा सयोग र सम्मोन्य  गरेर नेपाल को नाम बिस्वभर   मा उजागर गर्न  चाहन्छ  भने यसको माध्याम बाट  प्रयटन लगाएतका अन्या आर्थिक क्षेत्रलाई प्रवर्दन गर्नमा  टेवा पुग्ने अन्तरास्ट्रिय नेपाली समाज कतारको अपेक्षा छ!  साथै नयासक्ति कतार यस्ता रास्टिय स्थरका कार्यक्रम लाइ कुनै राजनीति र सस्था को रुपमा बिबेध  नगरी सेवा र सयोग गर्न सबैमा अपिल गरेको छ!

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...